मृतक सुरक्षा गार्डमा कोरोना पुष्टि

177

प्रस, जनकपुरधाम, २६ साउन/
धनुषामा मृत्यु भएका क्यान्सर अस्पतालको सुरक्षा गार्डमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
जिल्लाको मिथिला बिहारी नगरपालिका–५ निवासी ४५ वर्षीय पुरुषको शनिवार राति केही समयको बिमारीबाट मृत्यु भएको थियो । कोरोनासँग मिल्दो लक्षण देखिएपछि मृतकको स्वाब सड्ढलन गरी परीक्षण गरेकोमा सोमवार दिउँसो सो पिसिआर रिपोर्ट पोजेटिभ आएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिएका छन् ।
शरीरमा कुनै दीर्घ रोग नभएका उनी जनकपुरधाम उपमहानगरपालिका–२ कदम चोकस्थित विनयतारा फाउन्डेशन क्यान्सर अस्पतालमा सुरक्षा गार्डको
काम गर्दै आएका थिए । घर बिदामा घर गएको बेला एक्कासि उच्च ज्वरो, रुघाखोकीका साथै श्वास फेर्न समस्या भएपछि उनलाई तुरुन्तै अस्पताल
ल्याउने क्रममा बाटैमा मृत्यु भएको
थियो ।
योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ पुगेको छ । यसअघि शहीद नगरपालिका–८ का ३६ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्