प्रशासन गैरजिम्मेवार भएको आरोप

180

प्रस, वीरगंज, २४ साउन/
विभिन्न राजनीतिक दलका युवाहरूको बैठकले जिल्ला प्रशासन कार्यालयको गैरजिम्मेवारीपनको कारण वीरगंजमा समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएको आरोप लगाएको छ।
बैठकमा युवाहरूले जिप्रकाको निकम्मापनको कारण समुदायस्तरमा कोरोना फैलिएको र यसको सम्पूर्ण जिम्मेवारी प्रमुख जिल्ला अधिकारीले लिनुपर्ने बताएका छन्। बैठकले उपचार नपाएर बिरामीहरूको मृत्यु हुनु, निषेधाज्ञा जारी गरेर पिसिआर परीक्षण नगर्नु, सीमाबाट निर्बाधरूपमा मानिसहरूको आवतजावतमा रोक नलगाउनु जस्ता कार्यहरू नरोकिए साउन २५ गते आइतवारदेखि सडक आन्दोलन गर्ने निर्णय गरेको छ।
राष्ट्रिय युवा सङ्घ नेपालका संयोजक महम्मद निजाम, जसपाका युवा नेता ओमप्रकाश सर्राफ, ईश्वर यादव, अनेरास्ववियुका केन्द्रीय सदस्य जुबेर आलम, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव सुजीत गिरी, अनेरास्ववियु पर्साका सहसंयोजक मित्रदेव यादव, समाजवादी विद्यार्थी युनियन पर्साका अध्यक्ष एजाजबाबू राकीले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन्। उनीहरूले शुक्रवार दुईजनाको मृत्यु सम्बन्धमा छानबीन गर्नुपर्ने र तत्कालका लागि आइसिपीबाट आवतजावत बन्द गर्नुपर्ने माग गरेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्