निजगढमा चोरी

143

प्रस, निजगढ, ५ भदौ/
    निजगढमा बिहीवार राति दुईवटा ठाउँमा चोरी भएको छ। निजगढ नगरपालिका–९ का विक्रम मानन्धर र बद्रीबहादुर गुरुड्ढो घरमा चोरी भएको हो।
    मानन्धरको पसलको सेफमा राखेको लगभग रु २५ हजार नगद र गुरुड्ढो घरबाट तीन थान राइसकुकर चोरी भएको पीडितहरूले जानकारी दिएका छन्। बिहान उठेर हेर्दा ढोका खुला देखेपछि चोरी भएको थाहा पाएपछि इलाका प्रहरी कार्यालय, निजगढलाई जानकारी गराएका थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रनि विकास थपलियाले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्