युवक मुक्त, मूर्तिबारे अझै अन्योल

178


प्रस, महोत्तरी, ४ भदौ/
    गौतमबुद्धको दुर्लभ मूर्ति फेला पारेका नेपाली युवकलाई भारतीय सुरक्षाकर्मीले रिहा गरेको छ।
    महोत्तरीको मनरासिस्वा नगरपालिका–९ बथनाहाको मुसहरी टोल निवासी २० वर्षीय युवक बलिन्दर सदालाई भारतीय सुरक्षाकर्मीले बुधवार राति रिहा गरेको हो। उनले सोही दिन बिहान नेपाल–भारत सीमावर्ती क्षेत्रमा कुश उखेल्न जाँदा नदीमा तैरिरहेको अवस्थामा बुद्धको मूर्ति फेला पारेका थिए। उक्त मूर्ति भारतलाई बुझाउनुपर्छ भन्दै भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले  युवकलाई नियन्त्रणमा लिएको थियो।
    महोत्तरीको प्रहरी प्रशासनको पहलपछि उनलाई भारतीय सुरक्षाकर्मीले नियन्त्रण मुक्त गरेको थियो। भारतीय भूमिमा दुर्लभ मूर्ति भेटेको भन्दै सदासँग मूर्ति फिर्ता लिन भारतीय सुरक्षाकर्मीले नेपाली सीमाभित्रै आएर सदालाई घरबाटै नियन्त्रणमा लिएर भारतस्थित आफ्नो क्याम्पमा लगेको थियो।
    सो घटनाबारे नेपाली सुरक्षाकर्मीलाई जानकारी हुनासाथ सदालाई नियन्त्रणमुक्त गराउन पहल भएको र मुक्त पनि भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए।
    सदाले फेला पारेको मूर्ति बुद्ध, मञ्जुश्री वा अन्य कुनै देवताको हो भन्नेबारे यकीन भएको छैन। ध्यान मुद्रामा उभिएर रहेका एक फिट उचाइ र १५ किलो तौल रहेको मूर्ति रातो धातुबाट बनेको छ। मूर्ति बनेको धातु पनि कुन हो भन्ने यकीन भएको छैन। भारतीय क्षेत्रको नदीमा फेला परेको उक्त मूर्तिको शैली हेर्दा नेपालकै हुनुपर्ने नेपाल पक्षका अधिकारीहरूको दाबी छ। भारतीय पक्षले भने भारतीय सीमा क्षेत्रमा फेला परेको मूर्ति भारत सरकारको स्वामित्वमा रहनुपर्ने तर्क छ।
    हाल उक्त मूर्ति फेला पार्ने सदाको घरमा सुरक्षित तरीकाले राख्न लगाइएको र पछि जे ठहर हुन्छ सोही गर्ने दुवै पक्ष्Fका अधिकारीबीच सहमति भएको छ। मूर्तिको आधिकारिकता स्थापित गर्न अनुसन्धान अगाडि बढाउन सदरमुकाम ल्याउनुपर्ने भएपनि स्थानीयस्तरबाट अवरोध भएपछि सदरमुकाम ल्याउन नसकिएको प्रजिअ कटुवालले बताएका छन्। उक्त मूर्तिलाई गाउँमा नै मन्दिर बनाइ पुनस्र्थापित गर्नुपर्ने गाउँलेहरूको माग छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्