तीन ठाउँमा ४१३ जनाद्वारा रक्तदान

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, १५ मङ्सिर/
रेडियो वीरगंजले २२औं वार्षिकोत्सवको अवसरमा शनिवार आयोजना गरेको रक्तदान कार्यक्रममा २२ जना महिलासहित २२१ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेयले बताए । रेडियो परिसरमा आयोजित कार्यक्रममा भारतीय महावाणिज्यदूत देवीसहाय मीणा, शशिकान्तमणि त्रिपाठी, शेख सम्साद, भोलाकुमार साह, दिलकृष्णप्रसाद यादव, रामपुकार साह, रमेन्द्र बैठा, विशाल थापा, पशुपतिनाथ दुबे, राजु थापामगर, श्रीनारायण चौधरी, सरीता घिमिरे, हेमन्त थापा, रामेश्वर पटेल, स्नेहा पूर्वी, ओमप्रकाश मिश्र, रामप्रवेश चौधरी, अफरोज अर्पण, प्रदीप पडित, कमलेश गुप्ता, महमद कलाम, धीरज चौधरी, प्रभु साह, संजोग श्रेष्ठ, रूपेशकुमार चौधरी, मनोज मिश्र, रेणु चौधरी, चन्दन श्रीवास्तव, धुरूपप्रसाद गुप्ता, सुमन साह, शिवचरण दास, धीरेन्द्रप्रताप सिंह, अरुणकुमार तिवारी, सविता लम्साल, ओमप्रकाश खनाल, राजबलि पासवान, रञ्जना अधिकारी, राजेन्द्र भट्टराई, देवन्ती साह, लीना मिश्र, रेणुदेवी यादव, रेनुदेवी चौरसिया, रामविद्यादेवी चौधरी, श्वेता श्रेष्ठ, दीपेन्द्र प्रजापति, विभा गुप्ता, सुशान्त चाचान, कृति कुम्हाल, रिया न्यौपाने, नीलम कुशवाहालगायतले रक्तदान गरेका थिए ।

रेडियो वीरगंजका अध्यक्ष धु्रव साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य श्याम पटेल, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, रक्तसञ्चार केन्द्रकी संयोजक मधु राणा, समाजसेवी पशुपति विक्रम शाह, उषा शाह, मधेस विश्वविद्यालयका उपकुलपति प्राडा दीपक शाक्य, नेपाल पत्रकार महासङ्घका सचिव दीपेन्द्र चौहान, सामाजिक कार्यकर्ता प्रकाश थारू, राष्ट्रिय मुक्ति क्रान्ति पार्टीका नेजामुद्दीन समानी, ग्रीन सिटी सामुदायिक केन्द्रका अध्यक्ष जयप्रकाश खेतानलगायतको सहभागिता थियो ।

यसैगरी, आज वीरगंजको माईस्थान पार्कमा रोट्र्याक्ट क्लब अफ वीरगंज युनाइटेडले आयोजना गरेको रक्तदान कार्यक्रममा आठजना महिलासहित ५० जनाले रक्तदान गरेको केन्द्रका प्राविधिक जीतेन्द्र कुशवाहाले बताए । कार्यक्रममा विद्या भारती, पुष्पलता थापा, रीमा गुप्ता, साक्षी गुप्ता, हिमांशु तिवारी, रोहित साह, फैयाज अन्सारी, रामानन्द ठाकुर, रोशन वर्णवाल, पप्पु पडित कुम्हार, राजकुमार चौधरीलगायतले रक्तदान गरेका थिए ।

यस्तै, नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजले हिजो शुक्रवार रौतहट जिल्लाको कटहरिया नगरपालिका–४ मधेस प्रदेश विवाह परिसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा १४२ जनाले रक्तदान गरेका थिए । सो अवसरमा आयोजित स्वास्थ्य शिविरमा १८२ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । कलेजका प्रबन्ध निर्देशक शाहनबाज अन्सारीले मधेस प्रदेशका सबै पालिकामा निश्शुल्क रक्तदान, स्वास्थ्य शिविर आयोजना गरिने बताए ।

वडाध्यक्ष चन्दनकुमार कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका डा आलोक सिंह, डा मनोजकुमार गुप्ता, डा स्वाती साहले बिरामीहरूको परीक्षण गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस