टिपरको ठक्करबाट युवकको मृत्यु

0
28

प्रस, वीरगंज, १५ मङ्सिर/
वीरगंज महानगरपालिका–१७ अलौंस्थित छवगछियामा शनिवार टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एकजना युवकको मृत्यु भएको छ ।

ना.८ख २६११ नम्बरको टिपरको ठक्करबाट बिआर२२बिजी१४५२ नम्बरको भारतीय मोटरसाइकल चालक जीराभवानी गापा–५ सखुवनिया निवासी २५ वर्षीय प्रभुराउत थारूको मृत्यु भएको र पछाडि सवार सोही स्थानका २० वर्षीय राकेश महतो सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय, पर्साका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए । उनले थारूको घटनास्थलमैं मृत्यु भएको र घाइते महतोलाई उपचारको लागि नारायणी अस्पताल पठाइएको बताए । ठक्कर दिने टिपर र चालक प्रहरी नियन्त्रणमा रहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here