प्रस, वीरगंज, ३१ वैशाख/
मधेस जनविद्रोह र नाकाबन्दीको समयमा वीरगंज महानगर–२ इदगाहचोकमा रहेको स्व गिरिजाप्रसाद कोइरालाको सालिक तोडफोड भएपछि अहिले पूर्णकदको सालिक निर्माण गरिएको छ ।
मधेस प्रदेश सरकारको साढे ११ लाख रुपैयाँको लागतमा स्व कोइरालाको पूर्णकदको सालिक स्थापना गरिएको छ । वीरगंज महानगरपालिकाले सर्वप्रथम स्व कोइरालाको पूर्णकदको सालिक रु छ लाखको लागतमा निर्माण गरेको थियो । निर्माणको केही वर्षमा सो सालिक तोडफोड गरिएपछि अहिले करीब नौ वर्षपछि पूर्णकदको सालिक स्थापना गरिएको हो ।
जिपी फाउन्डेशन, मधेस प्रदेशका अध्यक्ष महम्मद सहाबुद्दीनले स्व कोइरालाको जन्मजयन्तीको अवसरमा असारमा सालिक अनावरण कार्यक्रम आयोजना गरिने बताए ।