प्रमोद यादव, पंचगावाँ, २८ मङ्सिर /
एक्सन एड नेपाल, सेफ द चिल्ड्रेन, युकेएड नेपालको सहयोग र दिव्य युवा क्लबको समन्वयमा पटेर्वासुगौली गाउँँपालिकाको आयोजनामा एक दिने स्थानीय विपद् तथा जलवायु जोखिम न्यूनीकरण योजना निर्माण परामर्श कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा रामकुमार दाहाल, वासुदेव कर्णलगायतले सहभागीहरूलाई प्रशिक्षण दिएका थिए। कार्यक्रममा गापा अध्यक्ष चौधरीको अध्यक्षतामा २१ सदस्यीय पालिकास्तरीय विपद् व्यवस्थापन समिति गठन गरिएको क्लबका सुनील भारतीले बताए।
गापा अध्यक्ष हरिनारायण चौधरीले कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा दिव्य युवा क्लब, पर्साका कार्यकारी निर्देशक रामाकान्त पटेल, उपाध्यक्ष ममता महतो, वडाध्यक्षहरू फरमान मियाँ, विजय गैरे, माधव राउत, राजेश्वर महतो, मोतीलाल साहलगायतको उपस्थिति थियो।