नितेश कर्ण, वीरगंज, १६ चैत/
जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले गत वर्षको तुलनामा चालू आवमा सवारी दुर्घटना र मानिसको मृत्यु सङ्ख्या बढ्न सक्ने देखिएको जनाएको छ ।
गत वर्ष ३५९ वटा सवारी दुर्घटना भएकामा ३९ जनाको मृत्यु भएको थियो भने चालू आवको फागुनसम्म ३२५ वटा सवारी दुर्घटना भएकामा ३३ जनाको मृत्यु भएको जानकारी गराएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रमुख एवं प्रहरी निरीक्षक भास्कर खतिवडाले गत वर्ष ४९८ वटा सवारीसाधन दुर्घटनामा परेका र चालू आवको फागुनसम्म ४५९ वटा सवारीसाधन दुर्घटनाको शिकार भएको बताए । उनले गत वर्ष सवारी दुर्घटनामा ९३ जना गम्भीर घाइते, ४०६ जना सामान्य घाइते र ४५ लाख ९० हजार रुपैयाँ बराबरको सवारीसाधनमा क्ष्Fति पुगेको आकलन गरिएको बताए ।
उनले चालू आवको फागुनसम्म गम्भीर घाइते ५९, सामान्य घाइते ४०४ र ६८ लाख ७५ हजार रुपैयाँ बराबरको सवारीसाधनमा क्षति पुगेको बताए । गत वर्ष ६० वटा सवारीसाधनमा क्ष्Fति पुगेको र यो वर्षको फागुनसम्म ५४ वटामा क्षति पुगेको विवरणमा देखिएको उनले बताए ।
उनले गत आव र चालू आवमा ट्राफिक प्रहरीले विभिन्न संस्थासँग समन्वय गरेर विद्यार्थी, नयाँ चालक, सर्वसाधारणलाई ट्राफिक सचेतनाबारे जानकारी गराएको, अन्तत्र्रिmया, गोष्ठी, चेतनामूलक माइकिङ, पर्चा, पोस्टरमार्पmत ट्राफिक सचेतनाबारे अद्यावधिक गर्दै आएको बताए ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले फागु पूर्णिमा (होली)मा पर्सा जिल्लामा सवारी दुर्घटना नभएको बताए । उनले २२ स्थानमा ट्राफिक र जनपद प्रहरीको संलग्नतामा सवारी चेकजाँचमा कडाइ गरिएको परिणाम यो वर्ष होलीमा कुनै पनि अप्रिय दुर्घटना नभएको बताए । सवारीधनी प्रमाणपत्र, लाइसेन्स नलिई र मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउनेविरुद्ध कडाइ गरिएका कारण होलीमा अप्रिय घटना नभएको बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका हवलदार नवीन पटेलले गत वर्ष फागु पूर्णिमामा भएको सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको तर यस वर्ष कुनै अप्रिय घटना नभएको बताए ।