महानगरद्वारा आठ महीनामा ३३ करोड राजस्व सङ्कलन

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २ चैत/
वीरगंज महानगरपालिकाले चालू आवको आठ महीनामा ३३ करोड ३२ लाख ४६ हजार ६१७ राजस्व सङ्कलन गरेको राजस्व महाशाखा प्रमुख मनोज कर्णले बताएका छन् ।

गत वर्षको तुलनामा चालू आवको फागुनसम्म करीब पाँच करोड राजस्व बढी सङ्कलन भएको उनले बताए । गत वर्ष फागुनसम्म २८ करोड ४७ लाख ४४ हजार ९२६ राजस्व सङ्कलन भएको थियो । गत आवमा महानगरले ५७ करोड राजस्व सङ्कलन गरेको र चालू आवमा ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा चालू आवको आठ महीनामा ३२ करोड ४६ लाख सङ्कलन भइसकेको उनले बताए ।

चालू आवको राजस्व सङ्कलन दर मासिक चार करोड १५ लाख रहेको छ । आगामी चार महीनामा लक्ष्य भेटिने सम्भावना कम छ तर ६५ करोडसम्म राजस्व सङ्कलन हुन सक्ने राजस्व शाखा प्रमुख कर्णले बताए ।

असार मसान्तमा एकमुस्ट १५ करोडसम्म सङ्कलन हुने र तीन महीनामा १३ करोडभन्दा बढी राजस्व सङ्कलन हुने अनुमान गरिएको छ । उनले लक्ष्य हासिल गर्नेगरी राजस्व सङ्कलन कार्य भइरहेको बताए । चालू आवको आठ महीनामा सम्पत्तिकरबाट १२ करोड ११ लाख ९७ हजार ९०६, भूमिकर/मालपोतबाट ६६ लाख ४४ हजार ४८०, घरबहाल करबाट चार करोड तीन लाख ८५ हजार ९५१, बहाल बिटौरीकरबाट १५ लाख १९ हजार ४१६, सवारीसाधन कर (साना सवारी)बाट २० लाख १८ हजार ३७०, पूर्वाधार सेवाको उपभोगमा लाग्ने कर एक करोड चार लाख १२ हजार ४३०, बाँडफाँडबाट प्राप्त हुने विज्ञापन कर १९ लाख ६७ हजार २६२, अन्य मनोरञ्जन कर चार लाख २५ हजार ५९९, व्यवसाय रजिस्टे«शन दस्तुरबाट एक करोड ८२ लाख २२ हजार ६३०, अखेटोपहारमा लाग्ने करबाट एक करोड ६४ लाख ६० हजार, सरकारी सम्पत्ति बहालबाट प्राप्त आय तीन करोड २५ लाख १७ हजार ५०४, अन्य स्रोतबाट बाँडफाँड नहुने रोयल्टी ८२ लाख ८० हजार, निजी धाराबापत शुल्क ९४ हजार, अन्य सेवा शुल्कबाट दुई करोड सात लाख ६२ हजार ४५७, न्यायिक दस्तुर १९ हजार ६००, अन्य प्रशासनिक सेवा शुल्क २० लाख १० हजार ७८९, नक्शापास दुई करोड ३९ लाख २ हजार ९४७, सिफारिश दस्तुर एक करोड ५९ लाख, व्यक्तिगत घटना दस्तुर २१ लाख ८६ हजार, नाता प्रमाणित दस्तुर १५ लाख ७१ हजार, अन्य दस्तुर चार लाख ६९ हजार, प्रशासनिक दण्ड जरिवाना तथा जफत ४४ लाख ५३ हजार, बेरुजू छ लाख १९ हजार गरी ३३ करोड २० लाख ४६ हजार ६१७ राजस्व सङ्कलन भएको प्रमुख कर्णले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस