प्रस, रौतहट, २९ फागुन/
१५ किलो चार सय ग्राम गाँजासहित एकजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।
फागुन २७ गते राति ८ बजे सिन्धुलीबाट पौराइ आउँदै गरेका एकजनालाई गस्ती प्रहरीले चेकजाँच गर्दा निजले बोकेको झोलाबाट १५ किलो चार सय ग्राम गाँजा बरामद भएको रौतहट प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एलिजा गिरीले बताइन् ।
प्रहरीले गाँजासहित चन्द्रपुर नगरपालिका–१ बस्ने ३७ वर्षीय सन्त तामाङलाई पक्राउ गरेको र अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रवक्ता गिरीले बताइन् ।