मलेखु (धादिङ), २३ फागुन/रासस
धादिड्ढो गजुरी गाउँपालिका–५ घाटबेंसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । कपिलवस्तुबाट काठमाडौंतर्पm आउँदै गरेको लु.२ख २१२१ नम्बरको यात्रुवाहक बस पृथ्वी राजमार्गको घाटबेंसी भन्ने ठाउँबाट बुधवार बिहान त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा एकजना महिलासहित सातजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धादिड्ढा प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए । मृतकहरूको सनाखत हुन बाँकी छ ।
उनले दुर्घटनामा ३० जनाभन्दा बढी यात्रु घाइते भएका बताए । “घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि अधिकांशलाई थप उपचारका लागि काठमाडौं पठाइएको”–प्रउ गौतमले बताए ।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयले उद्धार गरिरहेका छन् । बस नदीमा डुबेकोले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान छ । सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालीम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा जुटेको छ । बस चालक रूपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।