प्रस, पोखरिया, २१ फागुन/
बहुदरमाई नगरपालिका–५ बलिरामपुरस्थित सिद्धार्थ प्राविका प्रधानाध्यापक धर्मराज साहलाई जिल्ला प्रहरी कार्यालय, पर्साले सोमवार पक्राउ गरेको छ ।
विद्यालय सञ्चालनमा रहेको बखत उनलाई आज पक्राउ गरिएको हो । जिप्रका, पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले प्रअ साहलाई पक्राउ गरेको पुष्टि गरे । उनले प्रअ साह जनमुखी बचत तथा ऋण सहकारी संस्थाको सदस्य रहेको र निजमाथि सहकारीको रकम हिनामिना गरेको आरोप लागेकोले छानबीनको लागि पक्राउ गरिएको बताए ।
प्रअ साहले हिनामिना गरेको रकम यकीन नभएको र अनुसन्धानपछि खुल्ने प्रनाउ थापाले बताए । तत्कालीन अवस्थामा उनले गरेको हिनामिना पुष्टि भएको र सोहीको आधारमा निजलाई पक्राउ गर्नुपरेको प्रवक्ता थापाले बताए ।