प्रस, बिरुवागुठी, २७ माघ/
पर्सागढी नगरपालिका–३ स्थित गोकर्णेश्वर शिवमन्दिर तथा आर्यघाटमा यस वर्षको शिवरात्रि पूजा भव्यरूपमा हुने भएको छ ।
गोकर्णेश्वर शिवमन्दिर तथा आर्यघाट व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद अधिकारीको अध्यक्षतामा शनिवार भएको भेलाले फागुन २५ गते परेको शिवरात्रि पूजा तथा होम रुद्री भव्यरूपमा सम्पन्न गर्ने निर्णय गरेको छ । महाशिवरात्रिमा आयोजना गरिने पूजा तथा होम रुद्रीका लागि धु्रवप्रसाद पौडेलेको संयोजकत्वमा नौ सदस्यीय पूजा समिति गठन गरिएको छ ।
समितिमा रवि सुवेदी, सरस्वती मिश्र, भवानी पाठक, लक्ष्मी खाँ थारू, अम्बिका बानियाँ, कृष्ण कार्की, खगेश्वर पौडेल, कल्पना उप्रेती सदस्य रहेको गोकर्णेश्वर शिवमन्दिर तथा आर्यघाट व्यवस्थापन समितिका सचिव खुमराज ढकालले बताए ।