बजार व्यवस्थापनबारे व्यापारीहरूसँग अन्तरक्रिया

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, सिम्रौनगढ, १७ माघ/
घरेलु तथा सना उद्योग कार्यालय, बाराको आयोजनामा बुधवार उद्योग वाणिज्य सङ्घ सिम्रौनगढ नगरपालिकाको सभाहलमा बजार विस्तारबारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

उद्योग वाणिज्य सङ्घ सिम्रौनगढका अध्यक्ष लालबाबूप्रसाद कुशवाहाको अध्यक्षतामा भएको अन्तर्कियामा सहभागी स्थानीय व्यापारीहरूलाई बजार व्यवस्थापनमा नगरपालिकाको भूमिका, व्यापारी, उपभोक्ता अधिकार र कर्तव्य, विभिन्न प्रकारका कर एवं घरेलु उद्योगधन्धाका बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय, बाराका प्रमुख धर्मेन्द्रलाल कर्ण, कर अधिकृत पप्पुकुमार गुप्ता, मुकेश यादव, उपभोक्ता हकहित संरक्षण मञ्चका अरुण खनालले सहभागीहरूलाई सोबारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस