नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

काठमाडौं, १४ माघ/रासस
गत साता निरन्तर ओरालो देखिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा यो सातामा कारोबारको पहिलो दिन भने दोहोरो अङ्कको सुधार देखिएको छ । आइतवार नेप्से परिसूचक १० दशमलव ३७ अङ्कले बढेर दुई हजार ९४ दशमलव ४६ को बिन्दुमा कायम भएको हो ।

आज ३०६ कम्पनीका एक करोड सात लाख ५१ हजार १६४ कित्ता शेयर एक लाख ७८२ पटक खरीद–बिक्री हुँदा रु तीन अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५८० बराबरको कारोबार भएको छ ।

आज बैंकिङ समूह शून्य दशमलव ०९, होटल तथा पर्यटन समूह एक दशमलव ८६, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ४९ र म्युचुअल फन्ड शून्य दशमलव ०४ प्रतिशतले घटेका छन् । अरू सबै समूहका उपसूचक बढेका छन् । सबैभन्दा धेरै जलविद्युत् समूह एक दशमलव ३३ र अन्य समूह एक दशमलव ३२ प्रतिशतले बढेका छन् ।

मिड सोलु हाइड्रोपावर लिमिटेड र माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने चन्द्रागिरि हिल्स लिमिटेडको शेयर मूल्य नौ दशमलव ८६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ३३ करोड ५३ लाख ४५ हजार ८८७ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा ङादी ग्रुप पावर लिमिटेडको छ लाख ९० हजार १२२ कित्ता शेयर किनबेच भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस