कोलकाताबाट ३० हजार मेट्रिक टन मल आउँदै

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

नितेश कर्ण, वीरगंज, १८ पुस/

भारत सरकारसँग जिटुजी अन्तर्गत खरीद गरिएको ३० हजार मेट्रिक टन युरिया मल कोलकाता बन्दरगाहमा आइपुगेको छ ।

भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर कम्पनीले सो मल नेपाल पठाउन लागेको हो । कोलकाता बन्दरगाहमा मल आइपुगेपछि अहिले कृषि मन्त्रालय र कृषि सामग्री कम्पनीको टोली मलको गुणस्तर चेकको लागि कोलकाता पुगेको छ ।

पुस १५ गते कोलकाता बन्दरगाहमा आइपुगेको मल प्रक्रिया पूरा गरेर एक हप्तापछि श्रीसिया सुक्खा बन्दरगाहमा आइपुग्ने र कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगंजको गोदाममा भण्डारण हुने कृषि सामग्री कम्पनी लि., वीरगंजका सूचना अधिकारी आलोक कुमारले बताए ।

उनले पाँच वर्षका लागि भारत सरकारसँग जिटुजी अन्तर्गत मल आयातको सम्झौता भएको बताए । अहिले गहुँबालीमा युरिया मल आवश्यक भएको र मल अभावमा कृषकहरू भारतीय व्यापारीहरूसँग बढी मूल्यमा खरीद गर्न बाध्य भएका छन् । गहुँको बीउ छरेको बेला डिएपी मल आवश्यक हुने र २१ दिनपछि सिंचाइ गरेर युरिया मल हाल्नुपर्ने हुन्छ तर किसानहरू अहिले सिंचाइ गरेर मलको प्रतीक्ष्Fामा छन् ।

सीमावर्ती क्ष्Fेत्रका किसानहरू भारतीय बजारबाट महँगो मूल्यमा युरिया मल खरीद गरेर गर्जो टार्दैछन् । कृषि सामग्री कम्पनीबाट सहकारीहरूले लगेको मल पर्याप्त नभएको र त्यसमा पनि जनप्रतिनिधिहरूले आआफ्नो मानिसलाई मात्र मल दिने गरेको आरोप छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस