मानवीय सहायता उपलब्ध गराउन अपिल

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

जुबा, २१ असार/सिन्ह्वा

सुडानका लागि संयुक्त राष्ट्रसङ्घले मावनीय सहायताको अपिल गरेको छ । संयुक्त राष्ट्रसङ्घले दक्षिण सुडानका लागि तत्काल कम्तीमा पनि ४० करोड अमेरिकी डलर बराबरको सहायता जरूरी परेको भन्दै सोका लागि अपिल गरेको हो ।

दक्षिण सुडानका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष प्रतिनिधि सारा वियोस्लो नान्तीले सो अपिल गरेको समाचारमा जनाइएको छ ।

अहिले दक्षिण सुडानमा खाद्यान्नदेखि अन्य न्यूनतम मानवीय सहायताको पनि खाँचो परेकोले तत्कालका लागि यो रकम आवश्यक परेको उनको भनाइ छ ।

उनले भनेका छन्–“हामीले यो सहयोग रकम विश्वसँग अपेक्षा गरेका छौं, हामीलाई लाग्छ दक्षिण सुडानका नागरिकका लागि कुनै न कुनै रूपमा तत्काल यो रकम आवश्यक छ ।

अन्य सहायताका अतिरिक्त अहिले यहाँका महिला तथा बालबालिकालाई खाद्यान्नको आवश्यकता छ र उनीहरूलाई अझ बढी पोषण पनि चाहिन्छ”–उनको कथन छ ।

आवश्यक पोषण र खाद्यान्नको अभावमा बालबालिका कुपोषणको शिकार भइरहेका र कतिपय स्थानमा खाद्यान्न र औषधिजस्तो आधारभूत आवश्यकता पाउन नसकेको भन्दै यस अघि नै संयुक्त राष्ट्रसङ्घले दक्षिण सुडानका लागि सहायता आवश्यक परेको बताउँदै आएको थियो । रासस

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस