मुसाले टोकेपछि यी घातक रोग लाग्छ

0
277

कुकुर, सर्प, बिच्छीले टोकेपछि हामी तुरून्तै चिकित्सककहाँ पुग्छौं तर यदि मुसाले टोक्यो भने… ? एउटा अध्ययन अनुसार मुसाको टोकाइले पनि सङ्क्रमण हुन सक्छ र समयमा उपचार गराइएन भने गम्भीर समस्या भोग्नुपर्छ । मुसाले टोकेपछि थुप्रै प्रकारको ब्याक्टेरिया र भाइरस हाम्रो शरीरमा पुग्छ । रैट बाइटबाट गम्भीर रोग लाग्ने खतरा हुन्छ– जस्तै एलर्जिक रिएक्शन, हन्ट भाइरस र रेड वायर फिभर  । मुसाको टोकाइ निकै खतरनाक हुन्छ । यदि तपाईंलाई पनि मुसाले टोकेको छ भने तुरून्तै चिकित्सककहाँ पुग्नुपर्छ ।

तर मुसाले टोकेपछि सुरक्ष्Fाको रूपमा प्राथमिक उपचार गराउनुपर्छ जस्तै मुसाले टोकेको ठाउँ तातो पानीले सफा गर्ने, राम्ररी पुछेर त्यसमा एन्टिबायोटिक क्रीम लगाउने र त्यसपछि चिकित्सकलाई देखाउनुपर्छ । घाउ नदेखिए पनि भाइरस शरीरभित्र पुगेको हुन्छ ।

हेल्थलाइनमा प्रकाशित रिपोर्ट अनुसार केही मामिलामा सङ्क्रमणसँग लड्न पीडितलाई एन्टिबायोटिक्स दिन सकिन्छ । उपचारको क्रममा रोगीको लक्षण बदलिरहेको छ कि छैन, त्यो हेर्नुपर्छ । प्रभावित ठाउँको छालामा कुनै प्रकारको परिवर्तन हुने, सुन्निने, लालिमा हुने, पिप निस्कने, तीव्र दुख्ने, विनाकारण ज्वरो लाग्ने, चीसो लाग्ने र जोर्नीमा दुखाइ हुने समस्या हुन्छ ।  यस मामिलामा तपाईंले सातदेखि दश दिनसम्म एन्टिबायोटिक लिनुपर्छ । यसैले चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।

मुसाले टोकेपछि सही समयमा उपचार गराइएन भने मायोकार्डिटिस, एन्डोकार्डिटिस, निमोनियम, सिस्टेमेटिक भैस्कुलिटिस, पेरिकार्डिटिस, पोलिआर्थराइटिस नोडोसा, हेपेटाइटिस, नेफ्रेटिस, मेनिनजाइटिस, फोकल एब्सकेसेस, अमिनियोटिसजस्ता गम्भीर रोग हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here