प्रस, वीरगंज, १८ असोज/
    वीरगंजमा पनि हरियो तरकारी बोइलर कुखुराको तुलनामा महँगोमा बिक्री भइरहेको छ । नयाँ आलु थोकमा रु ४२० मा पाँच किलो, प्याज थोकमा रु ३०० मा पाँच किलो पाइन्छ । खुद्रामा नयाँ आलु प्रतिकिलो रु ८० र प्याज रु ७५ मा पाइन्छ । अन्य हरियो तरकारीमा पूmलकोभी प्रतिकिलो रु १२०, परवल रु ८०, बोडी रु ९०, घिरौला रु ५०, बन्दा रु ८०, गोलभेंडा रु १२०, मुला रु ८० मा बिक्री भइरहेको छ । बोइलर कुखुराको मासु काटेर विभिन्न वडामा फरक–फरक मूल्यमा बिक्री भइरहेको छ । मुर्ली, श्रीपुरमा प्रतिकिलो रु २४०, रानीघाटमा रु २२०, बिर्ता र छपकैयामा रु २६० तथा नगवामा भने रु २०० मा बिक्री भइरहेको छ ।
प्रस, पर्सागढी/
    पर्सागढीमा अहिले बोइलर कुखुराको मासुभन्दा हरियो तरकारी महँगो भएको छ ।
    लगातारको पानीले हरियो तरकारी महँगो भएको छ भने बढी उत्पादन र कम खपतको कारण बोइलर कुखुरा सस्तो भएको छ । पर्सागढी नगरपालिकामा अहिले बोइलर कुखुरा खुद्रामा जिउँदो रु १२० प्रतिकिलो छ भने काटेर रु १९० प्रतिकिलो छ ।
    तर यसको अनुपातमा हरियो तरकारी भने निकै महँगो भएको छ । परवल, बोडी किलोको सय रुपैयाँ छ भने एउटा लौका रु सयमा बिक्री भइरहेको छ । खुद्रामा गोलभेंडा प्रतिकिलो रु २००, हरियो खुर्सानी रु २४०, पूmलकोभी रु १५०, बन्दाकोभी रु ११०, मुला रु ९०, घिरौला रु ६० र रायोको साग पुलाको रु ६० मा बिक्री भइरहेको छ ।
प्रस, पोखरिया/
    पोखरिया नगरपालिकामा पनि बोइलरभन्दा हरियो तरकारी महँगो भएको छ । पोखरिया बजारमा बोइलर कुखुराको मासु प्रतिकिलो रु २२० देखि २४० सम्ममा बिक्री भइरहेको छ । हरियो तरकारी भने खुद्रामा गोलभेंडा प्रतिकिलो रु १६०,  हरियो खुर्सानी रु २००, पूmलकोभी रु १२०, घिरौला रु ४०, बन्दाकोभी, भन्टा, बोडी र करैला रु ८० मा बिक्री भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here