प्रस, वीरगंज, १२ जेठ/

नारायणी अस्पताल वीरगंजमा बुधवार बिहान ६० जना सङ्क्रमित पुष्टि भएका छन् भने दुईजनाको मृत्यु भएको छ। अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले मङ्गलवार २८२ जनाको स्वाब परीक्षण गर्दा बुधवार बिहान नारायणी अस्पतालको पिसिआर प्रयोगशालाले ६० जना सङ्क्रमित पुष्टि गरेको बताए।

उनले सङ्क्रमित पुष्टि हुनेमा पर्साका २४ जना, बाराका २१ जना, रौतहटका ८ जना, सर्लाहीका ६ जना र ललितपुरका १ जना रहेको जानकारी गराए। सङ्क्रमितमध्ये ४१ जना पुरुष र १९ जना महिला छन् भने उनीहरूको उमेर ४ देखि ७५ वर्षसम्म छ। सिटी भ्यालू १३.५ देखि ३५.७ सम्म रहेको उनले जानकारी गराए।

यसैबीच, नारायणी अस्पतालमा बुधवार तीनजना सङ्क्रमितको मृत्यु भएको छ। पर्सा जिल्ला बहुदरमाई नगरपालिका–२ बहुअर्वाभाठा निवासी ४५ वर्षीया महिलाको बिहान ९ः१५ बजे र पोखरिया नगरपालिका–३ वसन्तपुरकी ५० वर्षीया महिलाको बिहान ८ बजे र रौतहट, जयनगर निवासी २१ वर्षीया महिलाको दिउँसो ४ः३० बजे मृत्यु भएको कोभिड संयोजक डा दासले पुष्टि गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here