प्रस, वीरगंज, ९ जेठ/

पटेर्वासुगौली गाउँपालिका–५ मनिहर्वा गाउँमा रहेका दलित, मजदूर, ज्येष्ठ नागरिक, श्रमिकहरूलाई राहत वितरण गरिएको छ।

वैशाख १६ गतेदेखि निरन्तर निषेधाज्ञा जारी भएपछि विपन्न, गरीब, दलित, मजदूर, ज्येष्ठ नागरिकहरूको अवस्था दयनीय बन्दै गएको भन्दै सो गाउँमा रहेका ३८ घरपरिवारलाई खाद्यान्न वितरण गरिएको पिस फर दलित फाउन्डेशन नेपालका अध्यक्ष मनोज रामले बताए। प्रतिपरिवार १५ किलो चामल, १ किलो दाल, १ लिटर तेल, २ किलो आलु, १ किलो नून, २ थान साबुन, १ थान सर्फ, आयुर्वेदिक औषधिका साथै दुई थान मास्क गरी रु १३५० बराबरको राहत सामग्री प्रतिपरिवार सहयोग गरिएको उनले जानकारी गराए।

काठमाडौं घर भई क्यालिफोर्नियामा बस्दै आएका ऋचा रसाइली र भोजपुर घर भई सोही ठाउँमा बस्दै आएका राजेन्द्र सुनारले गरेको आर्थिक सहयोगबाट ३८ घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको अध्यक्ष रामले जानकारी गराए।

कैलालीका अमेरिका निवासी दान विश्वकर्माले सो ठाउँबाट सहयोग सङ्कलन गर्दै पर्सा जिल्लाका दलितलगायतलाई खाद्यान्न सहयोग पु–याउँदै आएका छन्। खाद्यान्न सहयोग कार्यक्रममा चन्द्रकिशोर राम, संयोगकुमार राम, अशोक राम, राहुल रामलगायतले सहयोग पु–याएको अध्यक्ष्F रामले जानकारी गराए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here