प्रस, वीरगंज, ८ जेठ/
कोभिड-१९ महामारीका कारण पर्सा जिल्लामा वैशाख १६ गतेदेखि निरन्तर जारी निषेधाज्ञामा दलित, मजदूर, ज्येष्ठ नागरिक, श्रमिकहरू प्रभावित भएकाले उनिहरूलाई राहत वितरण गरिएको छ ।
अमेरिकामा बस्दै आएका कास्की निवासी प्रकाश थापाले छोरीको जन्मदिनमा र अमेरिकामा बस्दै आएका सुनसरीका अनुप कार्कीले अमेरिकामा बस्दै आएका सामाजिक कार्यकर्ता दान विश्वकर्मासँग सहकार्य गरी पर्सा जिल्ला बहुदरमाई नगरपालिका-३ नगरदाहाका दलित, मजदूर, विपन्न परिवार र ज्येष्ठ नागरिकलाई खाद्यान्नसहित औषधि सहयोग गरेको पिस फर दलित फाउन्डेशन नेपालका अध्यक्ष मनोज रामले बताए ।
उनले पहिलो चरणमा २८ घरपरिवारलाई चामल, दाल, तेल, आलु, नून, साबुन, सर्फका साथै मास्क र आयुर्वेदिक सामग्री (औषधिको रूपमा काम लाग्ने)हरू सहयोग गरेको बताए । राहत वितरण कार्यमा दीपेन्द्रकुमार राम, सन्तोष राम, संयोग कुमार, अशोक राम, राहुलकुमार रामलगायतले सहयोग पुर्याएका थिए ।