– बैधनाथ महतो कुशवाहा (साधु)

कोरोना भन्ने कस्तो यो बिमारी
कति छिटो फैलियो संसारभरि
कोभिड–१९ यसको अर्को नाम
सङ्क्रमित पार्ने मान्छे मार्ने यसको काम
रुघाखोकी सास लिन अप्ठ्यारो
ज्वरोसमेतको लक्षण गा–हो
सास–सासबाट सङ्क्रमण गर्छ
यसबाट बच्न केही उपाय गर्नुपर्छ
नाक–मुख छोप्नु मास्क लगाउनु
साबुन–पानीले हात धुनु, सेनिटाइजर लगाउनु
सामाजिक दूरी कायम गरी आपूmलाई जोगाउनु
यसरी सङ्क्रमण रोकिन्छ बढ्न
मान्छे–मान्छेमा पाउँदैन सर्न
भीडभाडबाट बच्नु नमस्कार मात्र गर्नु
सके घरैमा बस्नु, बाहिर निस्किंदा मास्क नभुल्नु
डाक्टर विज्ञको यस्तो छ भनाइ
कोरोनाबाट बच्न यही छ उपाय
कस्तो भयानक यो रोग महामारी
फैलिसकेछ संसारभरि
हजारौं–लाखौं मान्छे मरेछ
लाखौंलाख सङ्क्रमित भएछ
लकडाउन देश–देशमा छ जारी
मारमा परेछ जन–जनको रोजगार
आजसम्म न यसको कुनै औषधि
सरकारहरूको भएछ टाउको दुखाइ।

– कलैया उपमहानगरपालिका–२५, सिसहनिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here