प्रस, परवानीपुर, २४ चैत/
भन्सार विभागको आयोजनामा वीरगंजमा नेपाल राष्ट्रिय एकद्वार प्रणाली (एनएनएसडब्लु)बारे वीरगंजमा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वीरगंजका उद्योगी–व्यवसायीहरूलाई जानकारी गराउँदै यो प्रणालीबारे उनीहरूको रायसुझाव पनि लिइएको छ।
अन्तर्राष्ट्रिय व्यापारमा लाग्ने समय र खर्च घटाइ प्रक्रियालाई सहजीकरण गर्ने तथा भन्सार प्रक्रिया सरलीकृत गर्ने उद्देश्यका साथ विभिन्न सरकारी निकायको एउटा सेवा केन्द्रको रूपमा यो प्रणालीलाई लिइएको भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी सूर्य सेढाईंले प्रकाश पारेका थिए। यो प्रणालीले भारत तथा तेस्रो मुलुकसँगको आयात–निर्यातलाई सरलीकृत गर्ने र घरबाटै पेपरलेस काम गर्न मदत मिल्ने किसिमले यो प्रणाली विगत दुई वर्षअघिदेखि विकास गरिंदै आइएको र यो वर्षदेखि कार्यान्वयनमा ल्याएको उनले बताए।उद्योगी–व्यवसायीले एचएस कोड, कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गराएको र पान नम्बरको परिचयपत्रबाट ब्राउजरमा एनएनएसडब्लु डट जिओभी डट ओआरजी टाइप गरेपछि आएको साइटमा आफ्नो प्रयोगकर्ताको आइडी र पासवर्ड आफैं व्यवसायीले बनाउन घरबाटै बनाउन सक्छन्। साइटमा उद्योग, वाणिज्य, अर्थ, कृषि मन्त्रालयलगायत २१ वटा सरकारी निकायसँगको सेवा एउटै विद्युतीय थलोमा व्यवस्था मिलाइएको छ।
यो एकद्वार प्रणालीमा प्रविष्ट गरिने विवरणहरू आफैं आसीकँुडा सफ्टवेयरमा जान्छ। व्यवसायीले आयात, निर्यात गर्ने सामानको विवरणबारे क्यूआर कोडले पनि स्क्यान गरी हेर्न सकिने सुविधा छ।
कार्यक्रममा भन्सार विभागका सूचना प्रविधि महाशाखाका निर्देशक अनुप न्यौपानेले पावरप्वाइन्ट प्रस्तुतिबारे यो प्रणालीको बारेमा विस्तृत जानकारी गराएका थिए।
भन्सार विभागको आयोनजा कार्यान्वयन एकाइको आयोजनामा भएको उक्त कार्यक्रममा भन्सार विभागका उपमहानिर्देशक श्यामप्रसाद ज्ञवाली, वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेल र तिलक केसी, ड्राइपोर्ट भन्सारका प्रमुख डा लालबहादुर खत्री, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोध गुप्ता, वरिष्ठ उपाध्यक्ष अनिल पटवारी, उपाध्यक्षद्वय हरि गौतम, माधव राजपाललगायत उद्योगी– व्यवसायीहरूको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here