प्रस, सिम्रौनगढ, १८ चैत/
सिम्रौनगढ नगरपालिका–४ गङ्गानगरका एकजना युवकले आकाशमा उड्ने मेशिनको निर्माण गरेका छन्। उनले सो आविष्कारलाई हेलिवल्र्ड नामकरण गरेको र यही चैत २० गते सार्वजनिकरूपमा प्रदर्शन गर्ने बताए।
वैज्ञानिक जालन्धर शर्माले हेलिवल्र्ड बनाएको र यसको सार्वजनिक परीक्षण चैत २० गते बिहान ८ बजे गङ्गानगरमा गर्ने बताए। उनले निर्माण गरेको हेलिवल्र्डमा दुईजना मानिस अटाउने बताए। मैदानमा ७० देखि ८० किलोमिटरको गतिमा टेकअफ गरी माथि हावामा सयदेखि दुई सय किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्ने उनले दाबी गरे। उनले हेलिवल्र्डको निर्माण आफूले नितान्त मेहनत गरी बनाएको र कसैको नक्कल नगरिएको दाबी गरे। हेलिवल्र्ड निर्माणको लागि सिम्रौनगढ नगरपालिकाका प्रमुख विजयशङ्कर यादवले आर्थिक सहयोग गरेका थिए भने रन–वेका लागि पचरौता नगरपालिकाका प्रमुख रमेश यादवले कालोपत्र सडक निर्माणमा सहयोग गरेका थिए।
हेलिवल्र्ड निर्माणको लागि वैज्ञानिक शर्मालाई आदर्श कोतवाल गापाका अध्यक्ष मुस्तुफा अन्सारीले पनि आर्थिक सहयोग गरेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here