घण्टाघरमा शीतल जलको सेवा

प्रस, वीरगंज, २७ वैशाख/

तरार्ई–मधेसमा केही दिनयतादेखि बढ्दै गइरहेको गर्मीले जनजीवन कष्टकर बनेको बेला वीरगंजको घण्टाघर चोकमा एक परोपकारी संस्थाले निश्शुल्क चीसो खानेपानीको व्यवस्था गरेको छ ।

सर्वसाधारण र बटुवाहरूलाई गर्मीबाट राहत दिने उद्देश्यले शैक्षिक शहीद मुकुन्दप्रसाद खनाल स्मृति प्रतिष्ठानले घण्टाघर चोकमा शनिवारदेखि निश्शुल्क चीसो खानेपानी वितरण गर्न शुरू गरेको हो । उक्त कार्यक्रम तीन दिनसम्म चल्नेछ ।

अहिलेको प्रचण्ड गर्मीमा वीरगंजमा कामका सिलसिलामा आउने सर्वसाधारण, रिक्सा–ठेला चालक, यात्रुलगायतका लागि चीसो खानेपानीको व्यवस्था गरिएको प्रतिष्ठानकी अध्यक्ष मुना खनालले बताइन् । प्रतिष्ठानले शहीद मुकुन्दप्रसाद खनालको योगदानको स्मृतिमा सामाजिक उत्तरदायित्व अन्तर्गत समयसमयमा परोपकारी कार्यहरू गर्दै आएको उनले बताइन् ।

कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार प्रकाश उपाध्याय, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमलगायतको सहभागिता थियो ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्