प्रस, पोखरिया, २५ वैशाख/
कालिकामाई गाउँपालिका–१ मुडलीमा सञ्चालित प्रथम उपाध्यक्ष कप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रवार भएका दुईवटा खेलमा सखुवाप्रसौनी गापा र बहुदरमाई नपा विजयी भएका छन् । आज भएको पहिलो खेलमा सखुवाप्रसौनी गापाले पहिला ब्याटिङ गर्दै निर्धारित १६ ओभरमा सबै विकेट गुमाउँदै १२९ रन बनाएको थियो । प्रतिउत्तरमा जगरनाथपुर गापाले ब्याटिङ गर्दै १४ ओभरमा सबै विकेट गुमाइ ९६ रन मात्र बनाउन सक्यो । यस खेलमा ‘म्यान अफ दी म्याच’ सखुवाप्रसौनीका उपेन्द्र प्रसाद घोषित भए ।
दोस्रो खेलमा छिपहरमाई गापाले पहिला ब्याटिङ गर्दै निर्धारित १६ ओभरमा नौ विकेटको क्षतिमा १३६ रन बनाएको थियो । प्रतिउत्तरमा बहुदरमाई नपाले १४ ओभरमा आठ विकेटको क्षतिमा १३७ रन जोडी विजयी भयो । यस खेलको ‘म्यान अफ दी म्याच’ बहुदरमाईका अनिश साह घोषित भए ।
भोलिको पहिलो खेल बहुदरमाई नपा र सखुवाप्रसौनी गापा तथा दोस्रो खेल विन्ध्यवासिनी र धोबिनी गापाबीच हुने आयोजक कमिटीका अध्यक्ष बुलेट पटेलले बताए ।