प्रस, वीरगंज, २४ वैशाख/
वीरगंज महानगरपालिकाले बसपार्क क्षेत्रमा फैलिएको जथाभावी पार्किङलाई व्यवस्थित गर्न अभियान शुरू गरेको छ । बस, सुमो तथा अन्य सार्वजनिक सवारीसाधनहरू मनपरी पार्किङ गरेको गुनासाका आधारमा बुधवार दुईवटा बसलाई क्रेनद्वारा हटाइएको सरसफाइ तथा हरियाली संयोजक जयप्रकाश खेतानले बताए ।
उनले आज महानगरपालिकाको टोलीले लामो समयदेखि सञ्चालनमा नरहेका र बेवारिसेरूपमा बसपार्कमा छाडिएका दुईवटा बसलाई क्रेनमार्फत हटाएको बताए । उनले सवारीसाधनहरू छाडेर बेवास्ता गर्नेलाई कारबाही गर्ने बताए ।