प्रस, वीरगंज, २४ वैशाख/
उपकार सेवा समाजले वीरगंज महानगर–३२ टेढास्थित मनमिश्र आधारभूत विद्यालयलाई पङ्खा सहयोग गरेको छ । समाजकी अध्यक्ष विद्याकुमारी सरावगीले बुधवार प्रधानाध्यापक राजाराम साहलाई आठ थान पङ्खा हस्तान्तरण गरेकी थिइन् ।
सो विद्यालयमा शिशु कक्षादेखि ८ कक्षासम्म अध्ययन हुने गरेको र कुल ६९६ जना विद्यार्थीमा पङ्खा नपुग भएकोले गर्मीयाममा अध्ययन प्रभावित हुन नदिने उद्देश्य समाजले पङ्खा सहयोग गरेको अध्यक्ष सरावगीले बताइन् । कार्यक्रममा सामाजिक अभियन्ता प्रकाश थारू, संस्थाका अङ्कुर शर्मा, शिक्षक कृष्णमुरारीप्रसाद कलवारलगायतको सहभागिता थियो ।