मानव बेचबिखनबारे विद्यार्थीलाई प्रशिक्षण

प्रस, वीरगंज, २२ वैशाख/

सामुदायिक सेवा केन्द्र, कुम्हालटोलको आयोजनामा मानव बेचबिखनविरुद्ध विद्यार्थीहरूलाई सोमवार प्रशिक्षण दिइएको छ ।

वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक नीरोज चौलागाईंले मूनलाइट माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई मानव बेचबिखनबारेमा प्रशिक्षण दिएका थिए । उनले मानव बेचबिखन गम्भीर प्रकृतिको अपराध भएको र समुदायले यसको नियन्त्रणमा सघाउनुपर्ने बताए । उनले मानव बेचबिखनविरुद्धको अभियानमा विद्यार्थीहरू बढी सचेत हुन आवश्यक भएको भन्दै यस प्रकारका गतिविधि नियन्त्रणमा विद्यार्थीहरू सूचनाको स्रोत हुन सक्ने बताए । उनले यसबारेमा आफू सचेत हुनुका साथै समुदायलाई सचेत बनाउने र जोखिम पहिचान गरी सुरक्षाका उपायहरू अवलम्बन गर्नुपर्ने सुझाए ।

सामुदायिक सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष रमेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्याम केसी, केन्द्रका नन्दलाल राउत, सियाराम नेपाली, अभिलाष गुप्ता, प्रहरी हवलदार कुमार विकलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण मार्टिन मोक्तानले गरेका थिए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्