फुल कन्ट्याक्ट किक बक्सिड्ढो उपाधि भक्तपुरले जित्यो

प्रस, वीरगंज, २२ वैशाख/

भक्तपुरमा पहिलोपटक आयोजना गरिएको फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिताको उपाधि आयोजक टीम भक्तपुरले जितेको छ । नेपाल किक बक्सिङ सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा वैशाख १९–२० गते सम्पन्न प्रतियोगितामा भक्तपुरले तीन स्वर्ण र चार रजत पदक जित्दै उपाधि जितेको हो ।

प्रतियोगितामा मेन डोजो रङ्गशाला दुर्ई स्वर्णसहित दोस्रो स्थानमा र फाइट क्लब एक स्वर्ण र दुई रजतसहित तेस्रो भयो ।

महिलातर्फ उत्कृष्ट खेलाडीको उपाधि अस्मिता दोङ तामाङले जितिन् भने पुरुषतर्फ सुनिम श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए ।

प्रतियोगितामा महिला र पुरुष गरी ११ तौल समूहमा प्रतिस्पर्धा भएको थियो भने दुईवटा प्रो–फाइट समावेश गरिएको थियो । प्रो–फाइटमा शिरीष भुजु र प्रवीण मोक्तान विजेता भए ।

पुरुष ५१ किलोमा सञ्जु सुब्बा, ५४ किलोमा आशिक कोली, ५७ किलोमा बिबङ राई, ६३.५ किलोमा अर्जुन केसी, ६७ किलोमा सुनिम श्रेष्ठ, ७५ किलोमा अनिप देउला, खुला समूहमा उपेश देउला, महिला ५२ किलोमा अस्मिता दोङ, ५७ किलोमा बबिता कार्की, ६० किलोमा चन्द्रकुमारी भुजेल विजयी भए ।

भक्तपुरको जगातीको इँटाटाइल कारखानाको हलमा सम्पन्न प्रतियोगिता नेपाल किक बक्सिङ सङ्घ भक्तपुरका अध्यक्ष कृष्णराम जाकिबञ्जारको अध्यक्षतामा भएको थियो भने खेलको प्रमुख निर्णायक राजु सिंह बजिखों थिए ।

२० जिल्लाबाट खेलाडीहरूको सहभागिता रहेको दुई दिने प्रतियोगितामा बाग्मती प्रदेश खेलकूद विकास परिषद्का सदस्यसचिव दीपक लामाले उत्कृष्ट खेलाडी र विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्