उपाध्यक्ष कप क्रिकेटमा छिपहरमाई विजयी

प्रस, पोखरिया, २२ वैशाख/

कालिकामाई गाउँपालिका–१ मुडलीमा जारी प्रथम उपाध्यक्ष कप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमवार सम्पन्न तेस्रो दिनको खेलमा छिपहरमाई गापा विजयी भएको छ ।

आज भएको खेलमा छिपहरमाई गापाले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा १६ ओभर खेल्दै सबै विकेट गुमाएर २०९ रन बनाएको थियो । प्रतिउत्तरमा २१० रनको विजयी लक्ष्यसहित मैदानमा उत्रेको जगरनाथपुर गापा भने ११ ओभरमा सबै विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो । आजको खेलमा छिपहरमाईका हरिओम यादव ‘म्यान अफ दी म्याच’ घोषित भए । भोलि मङ्गलवार छिपहरमाई र सखुवाप्रसौनी तथा बहुदरमाई नपा र जगरनाथपुर गापाबीच खेल हुने आयोजक कमिटीका अध्यक्ष बुलेट पटेलले बताए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्