प्रथम विकल रेग्मी स्मृति फूटबल शुरू

प्रस, निजगढ, २२ वैशाख/

प्रथम विकल रेग्मी स्मृति जुनियर फूटबल प्रतियोगिता सोमवारदेखि शुुरू भएको छ । उद्घाटन खेलमा वडा नं १ विजयी भयो । वडा नं १ ले वडा नं ९ लाई शून्यका विरुद्ध दुई गोलले पराजित गरेको थियो । वडा नं १ का नवीन घलानले दुई गोल गरेका थिए।

आजको खेलको ‘म्यान अफ दी म्याच’ घलान घोषित भए । उनलाई एक हजार नगद र ट्रफी नगरप्रमुख सुरथ पुरी प्रदान गरेका थिए ।

प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं पूर्वमन्त्री पुुरुषोत्तम पौडेलले एन्फाबाट छनोट भई मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माविमा एन्फाद्वारा सञ्चालित एन्फा एकेडेमीमा फूटबल प्रशिक्षण लिने क्रममा गत २०८१ असोजमा पहिरोमा परेर रेग्मीसहित छजना खेलाडीले ज्यान गुमाउनुुको पीडा पीडित परिवारलाई मात्र नभई सम्पूर्ण देशवासीलाई भएको बताए ।

उनीहरूका सपनालाई साकार पार्ने उद्देश्यले खेलाडी उत्पादन गर्ने कार्यको रूपमा यो प्रतियोगिताले निरन्तरता पाउनेमा आफू विश्वस्त रहेको उनले बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य मीना लामा, नगरप्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ, निजगढ नपाका पूर्वप्रमुख सुुरेशकुमार खनाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा स्व रेग्मीका आमा कमला रेग्मी, पिता जयन्द्र रेग्मी, स्व साइमन योञ्जनका आमा कमला योञ्जन, स्व अनुपम घलानका आमा ललिता पाख्रिन, स्व आदित्य बलम्पाखेका दाइ भक्तबहादुुर बलम्पाखे, निजगढ नपाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुुर अर्याल, निजगढ फूटबल क्लबका अध्यक्ष शम्भु थापालगायतको सहभागी थियो ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्