बझियानका खेतहरू दुई महीना बाँझो

प्रस, पोखरिया, १० वैशाख/

पर्साको बझियान क्षेत्रका खेतहरू दुई महीना वैशाख र जेठमा बाँझो रहने भएका छन् । पर्याप्त सिंचाइ व्यवस्था नभएकोले गण्डक नहरदेखि दक्षिणतर्फको बझियान क्षेत्रमा बर्सेनि गहुँबाली भिœयाएपछि खेतहरू दुई महीनाका लागि बाँझो रहन्छन् । नहरसँग जोडिएका र सिंचाइ सुविधा भएका पाँच प्रतिशत खेतमा मात्र चैते धानबाली लगाइन्छ भने बाँकी खेतहरू बाँझो रछन्छन् ।

गण्डक नहरदेखि उत्तरतर्फ थरुहट क्षेत्रका किसानहरू जसले चैते धानबाली लगाएका छैनन्, उनहिरू भने अहिलेदेखि नै खेत जोतेर आगामी जेठ, असारका लागि गरिने भदैया धानखेतीको तयारीमा जुटेका छन् । तोरी, सुर्ती खेती गरेका किसानहरूले शुरूमैं चैते धानबाली लगाइसकेका थिए भने गहुँखेती गरेका किसानहरूले चैते धानबाली लगाइसकेका छन् ।

गहुँबाली भित्र्याएर चैते धानबाली नलगाएका किसानहरू अहिलेदेखि भदैया धानखेतीका लागि खेत जोत्ने, मल छर्ने चाँजोपाँजो गर्दैछन् । भदैया धानबालीका लागि वैशाख महीनामा किसानहरू जोताइ गर्छन् । किसानहरू वैशाखमा चर्को घाम नलाग्ने कारणले अहिले खेतको जोताइमा लागेका हुन् । तर बझियानका किसानहरू भने चैतमा गहुँबाली भित्र्याएर अहिले खेत बाँझो राखी ढुक्कले बसेका छन् । उनीहरू जेठको अन्तिम सातादेखि खेतको जोताइमा लाग्ने गर्छन ।

न्यून प्रतिशत किसानले मात्र अहिले खेतलाई बाँझो नराखी हरिया तरकारीखेती गरेका छन् तर अधिकांश खेत बाँझै रछन्छन् । बझियानमा धान र गहुँ मुख्य दुई बाली हुन् । धानबाली भिœयाएर यहाँका किसानहरूमध्ये धेरैले गहुँबाली लगाउँछन् भने केहीले दलहन, तेलहन र हरिया तरकारीखेती गर्छन् । थरुहटमा भने धानबाली दुईपटक गरिन्छ र एकपटक गहुँ, सुर्ती, मकै, तोरी र हरिया तरकारीखेती गरिन्छ । यहाँ तीनबाली हुन्छ ।

सिंचाइका वैकल्पिक व्यवस्थाहरू भएकाले आकाशे पानी यहाँका किसानहरू आश्रित छैनन् । गण्डक सिंचाइ, बोरिङ, कुलो आदि सिंचाइका वैकल्पिक स्रोतहरू भएकाले यहाँका किसानहरू तीनबाली लगाउँछन् ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्