प्रस, वीरगंज, १० वैशाख/
जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकबाट बारा प्रहरीले वीरगंजबाट दाङ, तुलसीपुर जाँदै गरेको यात्रुवाहक बसबाट चाँदीको गहना बरामद गरेको छ ।
प्रहरी चौकी पथलैयाका प्रहरी सहायक निरीक्षक अमृत मैनाली नेतृत्वको टोलीले वीरगंजबाट दाङ, तुलसीपुरतर्फ गइरहेको यात्रुवाहक बसलाई हिजो साँझ चेकजाँच गर्दा बसको क्याबिनभित्रको सिटमुनि टेपले बेरेर राखिएको कार्टुनबाट रेडिमेड चाँदीको गहना बरामद भएको थियो ।
प्रहरीले बरामद चाँदीका गहनाको तौल छ किलो भएको र बजार मूल्य १० लाख ८० हजार रहेको जनाएको छ । चाँदीका गहना बरामद भएपछि बसलाई नियन्त्रणमा लिएर आवश्यक कारबाई प्रक्रिया अघि बढाएको जिप्रका बाराले जानकारी गराएको छ ।