ओम हस्पिटल नयाँ भवनबाट सञ्चालनमा

प्रस, वीरगंज, १० वैशाख÷

वीरगंजस्थित ओम हस्पिटलले स्थापनाको नवौं वर्षको सुरुआत नयाँ भवनबाट गरेको छ ।

अस्पतालका सञ्चालक डा जगत दीप, डा प्रमोद सर्राफ र नेपाल चिकित्सक सङ्घ नारायणी, वीरगंजका अध्यक्ष डा मनोज गुप्ताले बुधवार नयाँ भवनको संयुक्तरूपमा उद्घाटन गरेका थिए । यस अघि वीरगंज महानगर–३ त्रिजुद्ध माविदेखि दक्षिणमा आठ वर्ष भाडाको भवनबाट १५ शय्यामा सञ्चालित यो अस्पताल वीरगंज महानगर–१५ भिस्वामा ५० शøयाको अत्याधुनिक मल्टिस्पेशियालिटी अस्पतालमा परिणत भएको छ।

अस्पतालका सञ्चालक डा दीपले नयाँ भवनबाट अस्पतालले मल्टिस्पेशियालिटी सेवासहित जटिल रोगहरूको उपचार सेवा प्रदान गर्ने बताए । उनले यस अघि महिलाहरूका लागि विशेष अस्पतालको रूपमा सञ्चालित रहेको तर अब प्रसूतिसेवासँगै बालरोग, हाडजोर्नी तथा नसासम्बन्धी र अन्य जटिल रोगहरूको उपचार सुविधा प्रदान गर्ने बताए ।

उनले नयाँ भवनबाट इन भिट्रो फर्टिलाइजेशन (आइभिएफ) सेवा, भरतपुर क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सकहरू ल्याएर क्यान्सर उपचार र जटिल किसिमको ल्याप्रोस्कोपीबाट शल्यक्रियामार्फत विभिन्न रोगहरूको उपचार गर्ने बताए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्