एसइईका विद्यार्थीहरूलाई लागूऔषधबारे प्रशिक्षण

प्रस, वीरगंज, १५ चैत/
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शुक्रवार वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित रामचरण साह पन्नालाल माध्यमिक विद्यालयमा लागूऔषध दुव्र्यसनसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

ग्रीनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा भएको जनचेतना कार्यक्रमको उद्घाटन वीरगंज महानगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले गरेका थिए । एसइईमा सहभागी विद्यार्थीहरूलाई शुक्रवार परीक्षापछि सो तालीम दिइएको थियो ।

विद्यार्थीहरूलाई लागूऔषध के हो, यसको सेवनकर्तालाई स्वास्थ्यमा कस्तो असर गर्छ, यसबाट कसरी जोगिने जस्ता विषयमा प्रशिक्षण दिएर पम्पलेट पनि वितरण गरिएको थियो ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्