कुलमानको समर्थनमा निजगढमा प्रदर्शन

प्रस, निजगढ, १३ चैत/
प्रधानमन्त्री केपी ओली राजीनामा दे, केपी तेरो पाराले दुःख पायो साराले, ऊर्जामन्त्री राजीनामा दे जस्ता नारा लगाएर बुुधवार साँझ निजगढमा टुकी जुलुस निकालिएको छ ।

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको विरोधमा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी नगर समिति निजगढको आयोजनामा विरोध ¥याली निकालिएको थियो । ¥यालीमा सहभागीहरूले सरकारको चर्को विरोध गरे । उनीहरूले ओली सरकारले भ्रष्ट र बिचौलियाहरूको संरक्षण गरिरहेको र कुलमान जस्तो व्यक्तिलाई विभिन्न बहाना बनाएर बर्खास्त गरेको भन्दै अविलम्ब पुनर्बहालीको माग गरेका थिए । प्रदर्शनकारीहरूले हातमा टुकी लिएर सरकारको आलोचना गरे । -याली बुद्धचोकबाट निस्किएर शहीद चोकमा कोणसभा गरी समापन भएको थियो ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्