१४ पालिकालाई अनुदान रकम हस्तान्तरण

प्रस, वीरगंज, १२ चैत/
कोष तथा लेखा नियन्त्रकको कार्यालय पर्साले चालू आवको साउनदेखि फागुनसम्म पर्सा जिल्लाका १४ वटा पालिकामा सङ्घ सरकारबाट आएको अनुदान सहयोग हस्तान्तरण गरिसकेको जनाएको छ ।

सो कार्यालयले वीरगंज महानगरपालिकालाई सरकारबाट आउने वार्षिक अनुदान रु एक अर्ब २७ करोड ९० लाखमध्ये फागुन मसान्तसम्म रु ८९ करोड ३८ लाख १३ हजार ६७० हस्तान्तरण गरिसकेको कोलेनिका पर्साका मनीष गौतमले बताए ।

यसैगरी, पर्सागढी नपालाई रु ३३ करोड ३५ लाखमध्ये रु २० करोड ९७ लाख २७ हजार ५५५, बहुदरमाई नपालाई रु ३३ करोड आठ लाख नौ हजारमध्ये रु १८ करोड ७६ लाख ३५ हजार ५००, पोखरिया नगरपालिकालाई रु ३८ करोड ८६ लाख ९९ हजारमध्ये २३ करोड ३२ लाख आठ हजार ३३० हस्तान्तरण भइसकेको बताए ।

उनले पकाहामैनपुर गापालाई रु २२ करोड ६१ हजारमध्ये १४ करोड ९७ लाख ६१ हजार, कालिकामाई गापालाई रु २३ करोड १९ लाख २८ हजारमध्ये रु १४ करोड ६१ लाख ६९ हजार ४५०, धोबिनी गापालाई रु २२ करोड ३१ लाख ६३ हजारमध्ये रु १५ करोड दुई लाख ८७ हजार ६१०, ठोरी गापालाई रु २८ करोड ३० लाख तीन हजारमध्ये रु १८ करोड ७६ लाख ६० हजार ५७०, विन्ध्यवासिनी गापालाई रु २४ करोड १२ लाख ५५ हजारमध्ये रु १५ करोड ५७ लाख ८७ हजार ८९० भएको जानकारी गराएका छन् ।

गौतमले सखुवाप्रसौनी गापालाई रु ३३ करोड १५ लाख ४२ हजारमध्ये रु २१ करोड ३४ लाख २५ हजार ९१०, पटेर्वासुगौली गापालाई रु २६ करोड २३ लाख १८ हजारमध्ये रु १६ करोड ८९ लाख ४३ हजार ७९०, जगरनाथपुर गापालाई रु २८ करोड २१ लाख ३५ हजारमध्ये रु १८ करोड ५१ लाख ८० हजार ९०५, छिपहरमाई गापालाई रु २५ करोड ११ लाख ८२ हजार ५०० मध्ये रु १६ करोड ७१ लाख ९२ हजार २७५ र जीराभवानी गापालाई २४ करोड २० लाख १४ हजारमध्ये रु १५ करोड १५ लाख ५५ हजार ८३० हस्तान्तरण गरिसकेको बताए ।

उनले सरकारको अनुदान रकम त्रैमासिकरूपमा पालिकाहरूको खातामा हस्तान्तरण गरिंदै आएको बताए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्