प्रेस चौतारीको अध्यक्षमा पाण्डे सर्वसम्मत

प्रस, वीरगंज, ११ चैत/
विराटनगरमा सम्पन्न प्रेस चौतारी नेपालको १०औं महाधिवेशनबाट गणेश पाण्डे सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् ।

यसैगरी, उपाध्यक्षमा चेतमन अधिकारी, महिला उपाध्यक्षमा कृपा भण्डारी, महासचिवमा हीरामन लामा, उपमहासचिवमा हरिवल्लभ नेपाल, सचिवमा विष्णु मास्के, प्रदीप आचार्य, विक्रम लुइँटेल, नरेश भण्डारी सर्वसम्मत निर्वाचित भएका छन । यसैगरी, मधेस प्रदेश इन्चार्जमा बाराका अच्युत पौडेल सर्वसम्मत निर्वाचित भएका छन् ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्