प्रस, रौतहट, ११ चैत/
नेपाल सांस्कृतिक महासङ्घ रौतहटको तेस्रो जिल्ला अधिवेशनले श्रीराम पासवानको अध्यक्षतामा २४ सदस्यीय जिल्ला कार्यसमितिको सर्वसम्मत चयन गरेको छ ।
गरुडामा हिजो आइतवार सम्पन्न अधिवेशनले उपाध्यक्ष गुञ्जा सहनी, सचिव जनकप्रकाश सहनी, सहसचिवद्वय जयसीलाल यादव, कीरा चौधरी र कोषाध्यक्षमा भोला साहलाई सर्वसम्मत चयन गरेको छ ।
यसैगरी, सदस्यहरूमा क्रमशः कपिल पटेल, कुञ्जन पटेल, सञ्जीव साह, सलाम देवान, रविना खातुन, उर्मिला सहनी, चन्दन रजक, गौतम पासवान, सनी यादव, मासुम चौधरी, मुस्कान चौधरी, निर्मला चौधरी, शशिरामकुमार दास, चन्दन राम, रोशन सहनी, राजा सहनी, केशव पासवानलगायत छन् ।