डिभिजन वन कार्यालय, रौतहटमा तालाबन्दी

प्रस, रौतहट, ८ चैत/
डिभिजन वन कार्यालय रौतहटमा शुक्रवार जिल्ला वन पैदावार आपूर्ति समिति र सेवाग्राहीहरूले तालाबन्दी गरेका छन् ।

आपूर्ति समितिसँग समन्वय नगरी आपूर्तिको कार्यालय सारेको, लिलामीलगायतका कार्यहरूमा आपूर्ति समितिलाई बेवास्ता गरेको, कटान मुहान काठ दाउरा लिलामीलगायतका कार्यहरूमा आपूर्ति समितिसँग समन्वय नगरी काठ दाउरा बिक्री वितरण गरेको, सेवाग्राहीलाई काठ दाउरा समयमा उपलब्ध नगराएको आरोप लगाइएको छ ।

यसैगरी, आपूर्ति समितिले पाउनुपर्ने नियमानुसारको काठ दाउरा समयमा उपलब्ध नगराएको, राम्रा काठ दाउरा सबै लिलामी गरेको, आपूर्ति समितिद्वारा सेवाग्राहीलाई दिनुपर्ने काठहरू कमसल राखिएको, आपूर्ति समितिको वार्षिक कार्ययोजना अनुसार गर्नुपर्ने योजनाहरूको कार्यान्वयनमा बेवास्ता गरेको, वन कार्यालय अन्तर्गतका योजनाहरूको कार्यान्वयनको प्रक्रियामा ढिलाइ गरेको आरोप लगाउँदै आज तालाबन्दी गरिएको आपूति समितिका अध्यक्ष ललित मल्लिकले बताए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्