वन जङ्गल जोगाउन व्यवहारमा उतार्नुपर्छ –प्रमुख झा

जीतलाल श्रेष्ठ, निजगढ, ६ चैत/
वनजङ्गल जोगाउन मनभित्र मात्र चाहना भएर हँुदैन, व्यवहारमा उतार्न सके मात्रै वनजङ्गल संरक्षण अभियानमा सघाउ पुुग्ने डिभिजन वन कार्यालय, बाराका प्रमुख राजीवकुमार झाले बताए ।

डिभिजन वन कार्यालय, बाराको आयोजनामा मङ्गलवार गरिएको वन डढेलो सचेतना सप्ताह कार्यक्रममा उनले चैत, वैशाख, जेठ यी तीन महीना वार्षिकरूपमा सुुक्खायाम हुने महीना भएकाले वन डढेलो अत्यधिक हुुने भन्दै वर्षभरि गरेको मेहनत यही तीन महीनामा स्वाहा हुन सक्ने बताए । उनले वन डढेलो नियन्त्रणमा जिम्मेवार सबैले आआफ्नो ढङ्गले सचेत, सजग हुनुपर्ने बताए ।

वन डढेलोमध्ये ९० प्रतिशतभन्दा बढी डढेलो मानिसको लापरवाही, हेलचक्र¥याइँका कारण हुुने गरेको बताउँदै उनले वन संरक्षणमा यसको रोकथाम अनिवार्य रहेको जिकिर गरे ।

वर्षभरि नौ महीना वन संरक्षणमा दिलोज्यान दिएर लागे पनि सानो आगोको झिल्कोले ठूलो विपद् निम्त्याउन सक्ने र नौ महीनासम्म गरेको संरक्षणका कार्य डढेलोका कारण एकै क्षणमा ध्वस्त हुने हुँदा सामुदायिक वन उपभोक्ता समूह, साझेदारी वन व्यवस्थापन समितिका पदाधिकारी मात्र नभई आम उपभोक्ता पनि वन डढेलो नियन्त्रणमा सचेत, सजग र क्रियाशील हुनुपर्ने उनले बताए ।

आफ्नो वन क्षेत्रमा वन डढेलो लाग्नै नदिन समयमा झाडी सफाइ, घाटगड्डी र वरपर रहेका पातपतिङ्गर सफाइ, अग्निरेखा सफाइ, गोठाला, दाउरेलगायत वनजङ्गल क्षेत्रमा आउजाउ गर्नेहरूलाई सम्झाइबुझाइ गर्ने, कडा निगरानी राख्नुपर्ने, सलाई, लाइटर जस्ता आगो बाल्ने स्रोतलाई वन क्षेत्रमा लैजान नदिने जस्ता कार्य गर्दा वन डढेलोको जोखिम निकै कम हुने प्रमुख झाले सुझाए ।

अहिलको सुक्खायाममा वनमा आगो लगाउँदा घाँसका नयाँ पालुवा आउने आशामा, वन्यजन्तुुको चोरी शिकारी गर्ने मनसायले बढी आगजनी हुने गरेको पाइएकाले यस्ता गतिविधि गर्ने वा संलग्न जोकोहीलाई पनि वन ऐन अनुसार कानूनी दायरामा ल्याइ दण्ड र जरिबाना दुवै सजाय गरिने प्रमुख झाले चेतावनी दिए ।

एक झिल्को आगोले वनजङ्गल क्षेत्र, अर्बौंको वन पैदावर, वन्यजन्तुलगायत केही क्षणमैं जलेर नष्ट हुुने भएकाले सुक्खायाममा वन डढेलो नियन्त्रणमा सबैको उत्तिकै चासो, चिन्ता र सक्रियता अति आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा सामुदायिक वन समूहका कुशबहादुर थापा र चन्द्रिका मगरले डढेलो नियन्त्रणमा वन समूहका पदाधिकारी, उपभोक्ताहरू चनाखो, सचेत हुनुपर्ने, वन डढेलो लागेको सूचना पाउने बित्तिकै आगो निभाउन सबै एकजुट भएर कार्य गर्नुपर्ने बताए ।

यसैबीच, हिजो डिभिजन वन कार्यालय, बाराबाट यससम्बन्धी सचेतना ¥याली निकालिएको थियो । ¥याली सिमरा चोक, एयरपोर्ट रोड, नेपाल टेलिकम, जगदम्बा स्टील कारखाना हुँदै पुनः डिवका परिसरमा पुगेर समापन भएको थियो । कार्यक्रमको सहजीकरण रेन्जर नीरज पोखरेलले गरेका थिए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्