प्रस, वीरगंज, ६ चैत/
शिक्षा विकास तथा समन्वय एकाइ वीरगंजका प्रमुख हरि राउतले पर्सामा २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को तयारी पूरा भएको बताएका छन् । भोलि चैत ७ गते बिहीवारदेखि हुन गइरहेको एसइईको सबै तयारी पूरा भएको उनले बताए ।
प्रमुख राउतले नियमिततर्फ ९,९७३, प्राविधिकतर्फ २१०, ग्रेडवृद्धितर्फ १,२३० गरी ११,४१३ विद्यार्थी सम्मिलित हुने बताएका छन् । उनले २०८० सालको ग्रेडवृद्धि विद्यार्थी सङख््या १०६०, २०७९ सालको गे्रडवृद्धि विद्यार्थी सङ्ख्या १७० समेत गरी १४,४१४ जना विद्यार्थी एसइईमा सहभागी हुने जानकारी दिए ।
उनले बिहीवारदेखि हुने एसइईमा पर्साका सामुदायिकतर्फ ९,०४९ र संस्थागततर्फ २,३६४ जना विद्यार्थी सहभागी हुने जानकारी गराए । उनले एसइईका लागि पर्सा जिल्लामा सामुदायिक विद्यालयमा २८ र संस्थागत विद्यालयमा एउटा गरी पर्सामा २९ वटा परीक्षा केन्द्र रहेको बताए ।
प्रमुख राउतले वीरगंज महानगरमा १७ र महानगरबाहिर १२ वटा परीक्षा केन्द्र रहेको र ७० वटा सामुदायिक विद्यालय तथा ५० वटा निजी विद्यालयका विद्यार्थीहरू एसइईमा सहभागी हुने बताए ।