प्रस, वीरगंज, ६ चैत/
नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्र कर्मचारी सङ्घले बुधवार बढुवा भएका कार्यालय प्रमुख अवधेशकुमार दुबे र इन्जिनीयर वीरेन्द्र चौधरीलाई सम्मान गरेको छ ।
कार्यालय प्रमुख दुबे आठौं तहबाट नौ तहमा बढुवा भएका र इन्जिनीयर चौधरी छैटौं तहबाट सातौं तहमा बढुवा भएर सोही कार्यालयमा पदस्थापन भएकाले उनीहरूलाई सम्मान गरिएको हो । कर्मचारी सङ्घका सन्तोषकुमार झा, सुधीर कर्ण, राजीव साहले खादा ओढाएर फूल, माला, अबिर लगाइ सम्मान गरेका थिए ।
सोही अवसरमा नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रबाट अध्ययनका लागि लगनखेल वितरण केन्द्रमा सरुवा भएका सञ्जीव जयसवाललाई बिदाइ गरिएको थियो ।