दिनेलाई शुभकामना : आकाङ्क्षीलाई सबक

• सञ्जय साह मित्र

आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन हुँदैछ । देशभरबाट पाँच लाखभन्दा बढी विद्यार्थी यस परीक्षामा सम्मिलित हुँदैछन् । सहभागी सङ्ख्याको आधारमा मात्र होइन, चर्चाको दृष्टिले पनि यो सबैभन्दा ठूलो परीक्षा हो । निरन्तर दश वर्ष पढेर दिइने यो परीक्षा शिक्षालयमा विद्यार्थी भर्ना भएदेखि औपचारिकरूपमा राज्यले दिने र विश्वव्यापी मान्यता भएको यो पहिलो परीक्षा पनि हो । धेरै लामो समय पढेर दिइने परीक्षा पनि हो, यो । समाजमा सबैभन्दा बढी चर्चाको परीक्षा पनि हो । होटल, चियापसल तथा मानिसको जमघट हुने हरेक ठाउँमा चर्चा हुने यो परीक्षा शिक्षित तथा निरक्षर सबैको चासोको विषयको रूपमा पनि रहँदै आएको छ । विद्यालय तहको परीक्षामा सबैभन्दा बढी राज्यको निकाय सक्रिय हुने परीक्षा पनि भएकोले सबैतिर यसको चर्चा हुनु स्वाभाविक हो । यस परीक्षामा सहभागी हुन पाउँदा सबैले आपूmलाई गौरवान्वित भएको पाउँछन् ।

जब विद्यार्थी कक्षा दशमा पुग्छ त्यसै बेलादेखि लाग्न थाल्छ कि एसइईको तयारी गर्नुछ । वैशाखमा शैक्षिक सत्र शुरू हुन्छ अनि विद्यार्थीले यो बुझिसकेको हुन्छ कि मलाई अबको चैतमा एसइई दिनुछ अर्थात् हातमा कक्षा दशको पाठ्यपुस्तक पर्दा नपर्दै थाहा भइसक्छ कि एक महीनाभन्दा बढी समय त बितिसक्यो । एक वर्षको कोर्सको लागि एघार महीनामात्र बाँकी छ । अर्थात्, हरेक दिन एसइईको तयारी गर्ने समय आइसकेको छ । यथार्थमा, पढ्न चाहने विद्यार्थी तथा सम्बन्धित पक्षलाई यही अनुभूति हुनुपर्ने हो कि हरेक दिनपछि, एसइई एक दिन नजीक आइरहेको छ । अनि हरेक दिन बढाउँदै जानुपर्छ पढाइप्रति गम्भीरता । कतिपय विद्यार्थीले यो कुरा स्वीकार गरेका हुन्छन्, अर्थात् यसै अनुरूप तयारी गरिरहेका हुन्छन् । एक वर्ष परीक्षाको तयारी गर्नुलाई पनि निकै राम्रो मान्न सकिन्छ ।

“यथार्थमा, पढ्न चाहने विद्यार्थी तथा सम्बन्धित पक्षलाई यही अनुभूति हुनुपर्ने हो कि हरेक दिनपछि, एसइई एक दिन नजीक आइरहेको छ । अनि हरेक दिन बढाउँदै जानुपर्छ पढाइप्रति गम्भीरता । कतिपय विद्यार्थीले यो कुरा स्वीकार गरेका हुन्छन्, अर्थात् यसै अनुरूप तयारी गरिरहेका हुन्छन् ।”

अब यो समय गुज्रिइसकेको छ । अधिकांश परीक्षार्थीले करीब सबै विषयमा उनले जे जति पढ्नुपर्ने हो, सबै कुरा पढिसकेको हुनुपर्छ । अब परीक्षाको तयारीभन्दा पनि हरेक दिनको तयारी गर्नु नै परीक्षार्थीको दैनिकी हो । परीक्षार्थीले पहिले जे जति मिहिनेत गरेका छन्, जे जति तयारी गरेका छन् र जे जति अनुभव हासिल गरेका छन्, ती सबैलाई निर्धारित अवधिभित्र परीक्षामा प्रश्नपत्रको ढाँचामा उत्तर लेखेर देखाउनु पर्ने अवस्था आइसकेको छ । अब सबै परीक्षार्थीको एक मात्र ध्याउन्न परीक्षा नै हुनुपर्छ । परीक्षा आजदेखि आरम्भ हुँदैछ र अबको समयमा परीक्षार्थी र तिनका निकटका अभिभावकले परीक्षार्थीलाई पूर्णतः शान्त वातावरण र परीक्षा दिने अवस्था सिर्जना गर्नु उचित हुन्छ । हरेक परीक्षार्थीले परीक्षा कक्षमा प्रवेश गर्नुभन्दा पहिले आप्mनो कोर्स हेरेकै हुन्छ । आवश्यकता अनुसार आप्mनो साथी वा शिक्षकसित पनि सल्लाह गरेकै हुनुपर्छ ।

परीक्षा केन्द्रमा जानुभन्दा पहिले परीक्षार्थीहरूले केही सामान्य तयारी पनि गर्नुपर्ने हुन्छ । सबैभन्दा पहिले यो कुरो बुझ्नु जरुरी छ कि यो पनि एउटा परीक्षा हो । अझ यसलाई पनि परीक्षार्थीले सामान्य परीक्षाको रूपमा लिंदा राम्रो । परीक्षार्थीले आपूmलाई ‘परीक्षाको लागि तयार छु’ भन्ने परिपक्व मनोविज्ञान बनाउनु सर्वथा उचित हुन्छ । यो परीक्षा अरूको होइन, आफ्नो हो र अरूका लागि होइन, आप्mनो लागि हो भन्ने कुरो राम्ररी बुझ्नुपर्छ । अर्काको लागि पढेको होइन र परीक्षा पनि अर्काको लागि पास हुने होइन भन्ने कुरो मनमा परेपछि परीक्षार्थीहरूमा आत्मबल र आत्मविश्वास बढ्छ ।

अभिभावकले पनि आप्mना बालबालिकालाई वा परीक्षार्थीले पनि यो कुरामा ध्यान दिनु जरुरी छ कि सम्भव भएसम्म अनिवार्यरूपमा विद्यालय पोशाकमा तयार गर्नु–गराउनुपर्छ । परीक्षा हुने ठाउँ, अर्थात् परीक्षा केन्द्रमा परीक्षा शुरू हुनुभन्दा पहिले नै पुग्नु राम्रो हो । परीक्षाको लागि घरबाट निस्कँदा प्रवेशपत्र बोक्न कदापि बिर्सनुहुँदैन । प्रवेशपत्रका साथ थप दुई कुरा अनिवार्य बोक्नु उचित हुन्छ । कम्तीमा दुईओटा कलम र ज्यामिति बक्स । ज्यामिति बक्सभित्र आपूmलाई आवश्यक पर्ने सामग्री जस्तै सीसाकलम, कम्पास र यसभित्र रहने आवश्यकतानुसार अन्य सामग्री अनिवार्य हुनुपर्छ । अनि परीक्षा कक्षमा प्रवेश गर्दा आत्मबल बलियो बनाउनुपर्छ, आपूmलाई निडर बनाउनुपर्छ । परीक्षाको अर्थ डराउने होइन र परीक्षामा कमजोर आत्मबल राख्नु पनि राम्रो होइन । साथै मैले तयारी गरेको छु र तयारीको आधारमा सबै प्रश्नको जवाफ लेख्न सक्छु भन्ने आत्मविश्वास पनि राख्नुपर्छ ।

परीक्षा कापीको माथिल्लो पानामा लेखिएका निर्देशनहरू ध्यान दिएर पढ्नुपर्छ । त्यसपछि परीक्षाको कापीको माथिल्लो पानामा ध्यानपूर्वक आफ्नो सिम्बल नम्बर, रजिस्ट्रेशन नम्बर आदि जे–जे लेख्नुपर्ने हो, सफा र स्पष्ट लेख्नुपर्छ । हातमा प्रश्नपत्र पर्नुभन्दा पहिले यदि केही समय खाली छ भने आप्mनो सिम्बल नम्बर, रजिस्ट्रेशन नम्बर र विषय तथा अन्य कुरा आप्mनो प्रवेशपत्रसित मिल्नेगरी भिडाउनु उचित हुन्छ । आपूmले लेखेको कुरो दोहो¥याएर हेर्नु राम्रो । अनि प्रश्नपत्र हातमा परेपछि यो बुझ्नुपर्छ कि आजको परीक्षाको समय आप्mनो लागि शुरू भइसकेको छ । सबैभन्दा पहिले जुन प्रश्नको उत्तर राम्ररी आउFछ, त्यहींबाट लेख्न शुरू गर्नुपर्छ । शुरूमा लेख्न अलि डर लाग्ने हुन्छ, यसै कारण जुन प्रश्न सजिलो लाग्छ, त्यहीं प्रश्न हल गर्दा मनबाट डर हट्दै जान्छ र परीक्षा नै सजिलो लाग्नथाल्छ । करीब एक वर्ष यही परीक्षाको तयारी गरेको हुनाले सोधिएका प्रश्नहरू शतप्रतिशत अन्जान चाहिं हुँदैनन् । सम्भव भएसम्म हरेक प्रश्नको उत्तर लेख्नुपर्छ ।

उत्तर लेख्दा यो पनि ध्यानमा रहोस् कि समय कति छ । समय र लेख्नुपर्ने प्रश्नमा सन्तुलन मिलाइराख्नु उचित हुन्छ । कतिपय प्रश्नको उत्तर ढिलो लेख्दा पछि समय अपुग हुने र प्रश्नको उत्तर लेख्न नसकिने पनि हुन सक्छ । यसकारण समयको ख्याल गर्नु हरेक परीक्षार्थीको कर्तव्य हो । अनि लेख्दा सम्भव भएसम्म सफा, शुद्ध र स्पष्ट लेख्नु राम्रो हो । नबुझिने गरी लेख्नुहुँदैन । सम्भव भएसम्म लेखिएको उत्तर काट्नु नपर्नेगरी लेख्नु राम्रो हो तर केही गरी कुनै प्रश्नको उत्तर बिग्रेको लाग्छ भने बिग्रको उत्तर बिग्रेको खण्डसम्म एकपटक मात्र काटेर अर्को ठाउँमा राम्ररी लेख्नुपर्छ । सम्भव भएसम्म एउटा प्रश्नको उत्तर एक ठाउँमा वा लगातार लेख्नुपर्छ । धेरै ठाउँमा केरमेट नगरेको राम्रो । परीक्षा कपीमा यदि चित्र वा डायग्राम बनाउनु छ भने सम्भव भएसम्म सीसाकलम प्रयोग गरी सफा चित्र बनाउनु उचित हुन्छ । कतिपय चित्रको विभिन्न भागमा नाम लेख्नुपर्ने हुन्छ, यस्तो अवस्थामा जहाँ नाम लेख्नुपर्ने हुन्छ ती अवयवहरूको चित्र अझ सफा हुनु राम्रो । चित्र जति स्पष्ट हुन्छ, त्यत्ति राम्रो मानिन्छ । अनि परीक्षार्थीले ध्यान दिनैपर्ने अर्को पक्ष यो पनि छ कि प्रश्नको उत्तर लेख्दा प्रश्नको अङ्कभारको राम्ररी ख्याल गर्नुपर्छ । अङ्कभार अनुसार समय र शब्द वा अन्य पक्षलाई पनि ध्यान दिने हो भने धेरै कुरामा सन्तुलन मिलाउन सजिलो हुन्छ ।

एसइई परीक्षाको वर्तमान मूल्य र मान्यता हेर्दा पनि यो निकै महŒवपूर्ण छ । हरेक व्यक्तिको लागि यो महŒवपूर्ण भएकोले यसको महŒवलाई सबैभन्दा बढी परीक्षार्थीले नै बुझ्नुपरेको छ । यस महŒवपूर्ण परीक्षामा सहभागी सम्पूर्ण परीक्षार्थीको परीक्षा मर्यादित र शान्तिपूर्ण जाओस् र हरेक परीक्षार्थी सफल होओस् भन्ने शुभकामना १

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्