प्रस, वीरगंज, २६ फागुन/
वीरगंज महानगर–६ स्थित गहवामाई मन्दिरको नाममा वीरगंज महानगर–१० आदर्शनगरमा रहेको आठ कट्ठा जग्गामा पर्खाल र गेट निर्माणका लागि सोमवार भूमिपूजन (शिलान्यास) गरिएको छ ।
सङ्घीय सांसद वीणा जयसवालले सो जग्गामा निर्माण कार्यको शिलान्यास गरेकी हुन् । उनैको संसदीय विकास कोषबाट रु एक करोडको लागतमा पर्खाल र गेट निर्माण हुँदैछ । उनले वीरगंजमा केही गर्ने उद्देश्यले आफूले गहवामाईको नाममा आदर्शनगरमा रहेको खाली जग्गामा पर्खाल र गेट निर्माणका लागि संसदीय विकास कोषबाट एक करोड छुट्याएको बताइन् । उनले मन्दिर सञ्चालक समितिको सिफारिशमा बजेट विनियोजन गरिएको र निर्माण कार्यमा थप सघाउने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा गहवामाई मन्दिर सञ्चालक समितिका अध्यक्ष नरेन्द्रकुमार शाहले आगामी दिनमा सो जग्गामा सामुदायिक भवन निर्माण गर्ने तथा गहवामाई माताको प्रतीकस्वरूप प्रतिमा स्थापना गर्ने योजना रहेको बताए ।
कार्यक्रममा राप्रपा पर्साका अध्यक्ष जगरनाथप्रसाद कुर्मी, नन्दु श्रीवास्तव, चन्दन मिश्र, पन्नालाल पटेल, मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष मदन गुप्ता, दिना गुप्ता, उपाध्यक्ष सुरेन्द्र सर्राफ, विजय उपाध्याय, रमितामाया गुप्ता, गहवामाई मन्दिर रथयात्रा समितिका अध्यक्ष श्याम पोखरेल, वीउवासङ्घका पूर्वअध्यक्ष गोपाल केडियालगायतको सहभागिता थियो । कार्यक्रमको सञ्चालन डा प्रमोदकुमार सर्राफले गरेका थिए ।