प्रस, वीरगंज, २६ फागुन/
हिलिङ टच स्पा एन्ड सलोनको वार्षिकोत्सवमा सोमवार आयोजित रक्तदान कार्यक्रममा तीनजना महिलासहित ५४ जनाले रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रमको पर्साका प्रजिअ गणेश अर्यालले उद्घाटन गरेका थिए । कार्यक्रममा प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल, वीरगंज उद्योग वाणिज्य सङ्घ पर्साका अध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष माधव राजपाल, डा नीरज सिंह, डा रमेश अग्रवाललगायतको सहभागिता थियो ।
हिलिङ टच स्पा एन्ड सलोनका सञ्चालक रोशन गुप्ताको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा अञ्जना चौधरी, नीरु बोहरा, सविता थारू, सुवास पटेल, राजकुमार पासवान, अभिषेक तिवारी, प्रेमनारायण राई, बेचन महतो, राकेशकुमार जयसवाल, रोहित सिंह, विनीत अग्रवाल, सुरेशकुमार गोयल, अमन अग्रवाललगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक जीतेन्द्र कुशवाहाले बताए ।