एसइई परीक्षा तयारीको गुरुमन्त्र

• अनन्तकुमार लाल दास

विद्यार्थीहरूको जीवन सङ्घर्ष र चुनौतीले भरिएको हुन्छ । उनीहरूको मनमा परीक्षाको भयसँगै परीक्षामा कसरी राम्रो ग्रेड ल्याउने डर पनि हुन्छ । विद्यार्थीहरूको मनमा बेग्लाबेग्लै विषयमा कसरी राम्रो ग्रेड ल्याउने, कक्षामा ए प्लस कसरी हासिल गर्ने जस्ता प्रश्नहरू खेलिरहेका हुन्छन् । वि.सं. २०८१ को एस.इ.ई. नजीकिंदै गइरहेको सन्दर्भमा अन्तिम समयमा परीक्षाको तयारी कसरी गर्ने, यसको लागि कस्ता रणनीति निर्धारित गर्ने, परीक्षाको तयारी राम्ररी गर्नका लागि के र कस्ता मन्त्रहरू हुन सक्छन् ? यस्ता थुप्रै प्रश्नहरूको जवाफ एउटै छ–“परीक्षाको राम्ररी तयारी ।” किनभने परीक्षा शुरू हुनुपूर्वको समय बढी महŒवपूर्ण हुन्छ । हुनत यसबाट भयभीत हुने कुनै आवश्यकता छैन तर यसको परिणाममाथि नै भविष्य निर्भर हुन्छ । माध्यमिक शिक्षा परीक्षाको परिणामबाट नै कुन फिल्ड रोज्ने भन्ने निर्धारित हुन्छ । अर्थात् आटर््स पढ्ने, कमर्स पढ्ने वा विज्ञान विषय लिएर पढ्ने । यस सँगसँगै जागीरका लागि पनि एस.इ.ई. को परिणामको मूल्याङ्कन गरिन्छ ।

“परीक्षा, पढाइ र जीवनको एउटा हिस्सा मात्र हो । परीक्षा महत्वपूर्ण अवश्य हुन्छ तर जीवनभन्दा बढी महत्वपूर्ण
होइन । मिहिनेत र लगनका साथ पढ्ने विद्यार्थीहरू अवश्य सफल हुन्छन् । केही विद्यार्थी जो नियमित पढ्दैनन् उनीहरू दिनमा २–३ घण्टाबाट आफ्नो पढाइ शुरू गर्न सक्छन् ।”

प्रायः परीक्षा तीन प्रकारको हुन्छ । पहिलो मौखिक परीक्षा, जसमा विद्यार्थीहरूको क्षमताको मूल्याङ्कन थोरै समयमा निर्धारण्F गरिन्छ । यस प्रकारको परीक्षामा विद्यार्थीहरूले छिटो मौखिक जवाफ दिनुपर्ने हुन्छ । दोस्रो लिखित परीक्षा, जसमा विद्यार्थीको लेख्ने क्षमता र शब्द प्रयोगको मूल्याङ्कन गरिन्छ । तेस्रो प्रायोगिक परीक्षा, जसमा बेग्लाबेग्लै विषयलाई प्रयोगको रूपमा गरेर देखाउनुपर्ने हुन्छ । धेरैजसो विद्यार्थीहरू बोर्ड परीक्षाबाट भयभीत हुन्छन् । विद्यार्थी सँगसँगै उनीहरूका अभिभावक पनि त्यतिकै चिन्तित र परेशान देखिन्छन् तर यो परीक्षा त्यति कठिन भने छैन । परीक्षा भनेकै विषयगत मूल्याङ्कनको लागि लिइने लिखित र प्रायोगिकरूपमा आयोजना गरिने विद्यार्थीहरूको मूल्याङ्कन हो । सामान्यरूपले यस्ता परीक्षाको आयोजन हाम्रो देशमा चैत महीनामा हुने गरेको छ तर हिजोआज कक्षागतरूपमा हरेक महीना परीक्षा हुन्छ । यो परीक्षा अन्य परीक्षाजस्तै हुने भए पनि ए प्लस ग्रेड हासिल गर्नको लागि त्यतिकै परिश्रम पनि गर्नुपर्ने हुन्छ । जसले कक्षामा भएको पढाइको निरन्तर अभ्यास गर्दछ, उसका लागि अलि कम समस्या हुन्छ । अन्य विद्यार्थीहरू पनि यसबाट चिन्तित नभई परीक्षाको तयारीमा लागिपर्नुपर्छ ।

परीक्षाको मिति नजीकिंदै जाँदा विद्यार्थीहरूको मनमा तनाव, भ्रम र नकारात्मकता जन्मिन थाल्छ । यसबाट उनीहरूको लागि चुनौती पनि बढ्दै जान्छ । उनीहरूमा कसरी तयारी गर्ने भन्ने भ्रम उत्पन्न हुन थाल्छ किनभने सबै विद्यार्थीमाथि ए प्लस ग्रेड ल्याउने दबाब हुन्छ । यस प्रकारको दबाबले गर्दा उनीहरूको तयारीमा बाधा उत्पन्न हुन्छ र परीक्षामा राम्रो ग्रेड हासिल हुँदैन । राम्रो विद्यार्थीले पनि उच्च दबाबले गर्दा औसत ग्रेड ल्याएको देखिन्छ । यस कारण व्यर्थको चिन्ता, तनाव र घबराहटबाट मुक्त भई आप्mनो परीक्षाको तयारीमा जुट्ने समय आइसकेको छ । तनावमुक्त भई परीक्षाको तयारीका कैयन तरीकाहरू छन् । परीक्षाको तयारी अहिलेदेखि नै प्रारम्भ गर्नुहोस् । पाठ्यक्रमानुसार तयारी गर्नुहोस् । पढ्ने सामग्री र नोट्स आदि जम्मा पार्नुहोस् । टाइम टेबल बनाएर पढ्नुहोस् । अनुशासनमा बसेर योजना सहित तयारी गर्नुहोस् । प्रत्येक दिन रिभिजन गर्नुहोस् । सन्तुलित आहार र पर्याप्त निद्रा लिनुहोस् । केही शारीरिक व्यायाम र समयानुसार पढाइबाट ब्रेक पनि लिनुहोस् । तनाव त्यागेर आपूmमाथि विश्वास गर्नुहोस् र परीक्षाको बेला सकारात्मक सोच राख्नुहोस् ।
परीक्षाको तयारी गर्दा विद्यार्थीहरूले केही विशेष कुरामाथि ध्यान दिनु आवश्यक हुन्छ ।

१) सोशल मिडियाबाट टाढा बस्ने
विद्यार्थीहरूले परीक्षाको तयारी गर्दा परीक्षा समाप्त नहुन्जेल सोशल मिडियाबाट टाढा बस्नुपर्छ । यदि तपाईं ए प्लस ग्रेड ल्याउन चाहनुहुन्छ भने आप्mनो मोबाइलमा पढाइबाहेकका अन्य एपहरू जस्तै फेसबूक, ट्विटर, इन्स्टाग्राम, व्हाट्सएप आदि अनइन्स्टल गर्नुहोस् । यसमा समय बर्बाद गर्नुभन्दा राम्रो परीक्षाको तयारीमा समर्पित हुनु आवश्यक छ । प्रत्येक दिन घण्टौं मोबाइलमा समय खेर फाल्नु भनेको आप्mनो पढाइ चौपट्ट पार्नु हो । मोबाइलले हाम्रो ध्यान पढाइप्रति केन्द्रित हुन नदिने भएकोले यसबाट टाढा बस्नु नै विद्यार्थीहरूको लागि बेस हुनेछ । मोबाइल फीड हेर्नुको साटो बढीभन्दा बढी समय पढाइमा केन्द्रित गर्नु आवश्यक हुन्छ । यसर्थ सफलताको लागि सजग भई सोशल मिडियाको सही प्रबन्धन गर्नु आवश्यक रहेको छ ।

२) पढाइको लागि ब्रह्ममुहुर्त उपयुक्त
परीक्षाको तयारी गर्दा विद्यार्थीहरूले सही समयमा सही कुरा गर्नु आवश्यक हुन्छ । धेरैजसो विद्यार्थीहरू टाइम टेबल बेगर परीक्षाको तयारी गरिरहेका हुन्छन् तर प्रत्येक विषयमा ध्यान दिनु आवश्यक भएकोले टाइम टेबलद्वारा समय प्रबन्धन गर्नुपर्छ । पढाइको लागि सबैभन्दा राम्रो समय बिहानको ब्रह्म बेला अर्थात् ४ बजे देखि ८ बजे सम्म वा ५ बजे देखि ८ बजे उपयुक्त हुन्छ । यस समय पढेका कुरा लामो समयसम्म मस्तिष्कमा रहन्छ । हुनत दिनभरि पनि पढाइ गर्न सकिन्छ तर यस बेला पढ्नु भनेको दिनमा १० घण्टा पढ्नु बराबर हो । बिहान उठेर पढ्नको लागि समयमैं सुत्नु पनि आवश्यक हुन्छ । यसका लागि राति अबेरसम्म मोबाइल एपमा समय बिताउन छोड्नुपर्छ । यस बेला पढ्दा हाम्रो ध्यान पूर्णरूपेण पढाइमा केन्द्रित हुन्छ, किनभने हाम्रा इन्द्रियहरूका लागि यस बेला कुनै काम हुँदैन ।

३) स्थिर र शान्त वातावरण
जुन टेबलमा वा जहाँ बसेर पढिराख्नु भएको छ त्यहाँ चारैतिर सामान छरिएको नहोस् । त्यहाँ पढाइसँग सम्बन्धित कुराहरू मात्र हुनुपर्छ । स्थिर र शान्त वातावरणमा अध्ययन गर्दा लामो समयसम्म याद रहन्छ । पढाइ गर्ने ठाउँमा टेलिभिजन वा मोबाइलजस्ता अन्य कुराहरू हुनुभएन किनभने सकारात्मक र प्रेरणादायक वातावरणमा बसेर मात्र राम्रो प्रदर्शनको लागि आपूmमा सुधार ल्याउन सकिन्छ ।

४) पाठ्यक्रम राम्ररी बुझ्नु जरुरी
पाठ्यक्रमको महŒवपूर्ण बिन्दुहरूलाई बुझ्ने प्रयास गर्नुपर्छ । सबै विषयका महŒवपूर्ण पाठहरू ध्यानपूर्वक पढ्नुपर्छ । पाठ अन्तर्गत दिइएको ग्रीड बुझेर कुन पाठ महŒवपूर्ण छ त्यो थाहा पाउन सकिन्छ । निरन्तर ५–६ वा ८–९ घण्टा पढाइमैं समर्पित हुन आवश्यक छैन । यस्तो गल्ती कहिले पनि गर्नुहुन्न । ब्रेक लिनु पनि महŒवपूर्ण हो, किनभने ब्रेकले दिमागलाई तरोताजा बनाइराख्छ । एक घण्टा पढिसकेपछि कम्तीमा आधी घण्टाको ब्रेक लिनुपर्छ । ब्रेक मोबाइल हेर्नका लागि लिने होइन । आँखा बन्द गरेर केही क्षण ध्यान गर्नुहोस् वा राम्रो सङ्गीतको आनन्द लिनुहोस् । अलिकति सुत्नु पनि ब्रेकको नै हिस्सा हो तर ब्रेक लामो हुनुभएन । सन्तुलित ब्रेकपछि पुनः एक घण्टा पढ्नुहोस् ।

५) पछिल्लो वर्षको पैपर हल गर्नुहोस्
पछिल्ला दुई–तीन वर्षका पेपर हल गरेर तयारी सुनिश्चित पार्नुपर्छ । पुरानो प्रश्नपत्रबाट परीक्षामा कस्तो प्रश्न सोधिएको थियो भन्ने थाहा हुन्छ भने नयाँ मोडेलको अभ्यास गर्दा यसपटक कस्तो प्रश्न सोधिन्छ भन्ने थाहा हुन्छ । यससँगै कुन चेप्टर महŒवपूर्ण छ, त्यो पनि थाहा हुन्छ । परीक्षाको पेटर्न बुझेर परीक्षाको तयारी गर्नु राम्रो रणनीति हो । यस प्रकारको टेस्टले पढाइमा भएको प्रगतिको पनि मूल्याङ्कन गर्न सकिन्छ । टेस्ट दिंदा हुने गल्तीबाट सिक्नु पनि आवश्यक छ । यस प्रकारको टेस्ट भनेको आत्म–मूल्याङ्कनको अवसर पनि हो । यसमा सफल वा असफल हुँदा निडर भई सुधार गर्न लाग्नुपर्छ ।

६) रिभिजनमाथि विशेष ध्यान दिनुहोस्
एस.इ.ई.को लागि रिभिजन अत्यन्त महŒवपूर्ण हुन्छ । रिभिजनले पढेका कुराहरू सजिलै मस्तिष्कमा बस्छ । रिभिजन गर्दा ससाना प्वाइन्ट पनि ध्यानमा राख्नुहोस् किनभने ःऋत्त टाइपका प्रश्नहरू चेप्टरको बीचबाट सोधिन्छ । प्रत्येक विषयमा गरिएको रिभिजन सबै खाले प्रश्नहरूको लागि लाभदायक हुन्छ । यस कारण परीक्षाको एक साता पहिले वा एक दिन पहिलेसम्म रिभिजन गर्नुहोस् । रिभिजन गर्दा कुनै कुरो बुझ्न गा¥हो भएमा सम्बन्धित विषय शिक्षकसँग सोध्न लाज मान्नुहुँदैन ।

७) सन्तुलित आहार र व्यायाम पनि
परीक्षाको बेला मानसिक र शारीरिक स्वास्थ्यमा विशेष ध्यान दिनु अति आवश्यक छ । योगबाट मानसिक तनाव कम हुन्छ भने व्यायामबाट शरीर स्वस्थ रहन्छ । फागु पूर्णिमा पनि यसैबीच पर्ने हुँदा सही खानपान, प्राकृतिकमैत्री होली र पर्याप्त निद्रा परीक्षाको तयारीमा सहयोगीको भूमिका निर्वाह गर्छ । यस कारण परीक्षाका बेला जंक पूmड, आउटसाइड पूmड खानु छैन । घरको खाना खानुपर्छ । लस्सी, दूध, दही जे पनि होस् घरको खाना खानुहोस् ।

८) प्रश्नहरूको जवाफ राम्ररी लेख्नुहोस्
कहिलेकाहीं सही जवाफ लेखेपछि पनि राम्रो अङ्क हासिल हुँदैन । यसको के कारण होला ? हाम्रो माक्र्स कहाँ कटिरहेको छ ? मैले सही उत्तर लेखें तर माक्र्स यति कम किन ? यस्ता प्रश्नहरूको जवाफमा के भन्न चाहन्छु भने तपाईं आप्mनो लेख्ने तरीकालाई विषयगत शिक्षकहरूले दिएको सुझाव अनुसार परिवर्तन गर्नुहोस् । आप्mनो हस्तलेखनमाथि पनि ध्यान दिनुहोस् । बोर्डको पेपर सफा राख्नुहोस् । पेपरमा कुनै प्रकारको चिह्न जस्तै “ओम शान्ति ओम” वा आप्mनो नाम नलेख्नुहोस् । कुनै एउटा समूहको उत्तर लेख्दा एउटै ठाउँमा लेख्नुहोस् । जवाफलाई प्रश्न अनुसारको शीर्षक दिई लेख्नुहोस् । जवाफ प्वाइन्टमा लेख्नुहोस् । डायग्राम राम्ररी बनाउनुहोस् ।

८) सुपर टिप्स
इफेक्टिभ तयारीको रणनीति ः परीक्षाको तयारीका लागि कसरी पढ्ने भन्ने एउटा रोडम्याप विद्यार्थीहरूले बनाउनुपर्छ । एउटा राम्रो स्टडी प्लानले विद्यार्थीहरूलाई टारगेट स्कोर हासिल गर्न पनि सहयोग र प्रोत्साहित गर्दछ ।

महŒवपूर्ण विषयलाई प्राथमिकता दिनुपर्छ : जुन विषयमा बढी प्रश्न सोधिन्छ वा बढी माक्र्र्स ल्याउन सकिन्छ त्यस्ता विषयहरूको तयारीमा बढी ध्यान दिनुपर्छ । अन्य विषयमा त्यसपछि ध्यान दिनुपर्छ ।

पाठ्यपुस्तकको गहन विश्लेषण : कुनै पनि परीक्षाका लागि पाठ्यपुस्तकलाई प्राथमिक स्रोतको रूपमा लिनुपर्छ । विद्यार्थीहरूले सबैभन्दा पहिले पाठ्यपुस्तकलाई ध्यानपूर्वक पढ्नुपर्छ अनि मात्र सन्दर्भ पुस्तकमा ध्यान दिनुपर्छ ।

लेख्ने गति र एक्युरेसीमा सुधार गर्नुपर्छ : एस.इ.ई.मा सबै प्रश्नको जवाफ समयभित्र दिनका लागि लेखन गति र एक्युरेसी बनाउनु जरुरी हुन्छ । यदि गति सही छैन भने जवाफ लेख्न छुट्छ । यसलाई ठीक गर्नको लागि बढीभन्दा बढी मार्क टेस्ट दिनु आवश्यक हुन्छ ।

पटक–पटक पाठ्यक्रमको पुनरावृत्ति कुनै पनि परीक्षाको सफलताको मूलमन्त्र पटक–पटक पुनरावृत्ति गर्नु हो । यसो गर्दा तयारी सँगसँगै कन्सेप्ट पनि राम्ररी याद हुन्छ ।

९) निष्कर्ष
परीक्षा, पढाइ र जीवनको एउटा हिस्सा मात्र हो । परीक्षा महŒवपूर्ण अवश्य हुन्छ तर जीवनभन्दा बढी महŒवपूर्ण होइन । मिहिनेत र लगनका साथ पढ्ने विद्यार्थीहरू अवश्य सफल हुन्छन् । केही विद्यार्थी जो नियमित पढ्दैनन् उनीहरू दिनमा २–३ घण्टाबाट आप्mनो पढाइ शुरू गर्न सक्छन् । परीक्षाको तयारीका लागि समय प्रबन्धनसँगै आप्mनो प्रतिभा र कौशल देखाउनु पनि आवश्यक छ । विद्यार्थीहरूले आपूmमाथि भरोसा र विश्वास राख्नु पनि आवश्यक छ । समयमा शुरू गरेको काम, परिश्रम र आत्मविश्वासले अवश्य नै सफल बनाउँछ । एस.इ.ई.मा राम्रो ग्रेडको अग्रीम मङ्गलमय शुभकामना सहित १

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्